फिल्मको नामः डंकी
निर्देशकः राजकुमार हिरानी
कलाकारः शाहरुख खान, तापसी पन्नू, बोमन ईरानी, विक्की कोशल
लेखकः राजकुमार हिरानी, कनिका ढिल्लन
लामो समयको प्रतिक्षा पछि ‘डंकी’ विहिबार रिलिज भएको छ। यो शाहरुख खान र राजकुमारी हिरानीको ड्रिम प्रोजेक्ट हो। मनु (तापसी पन्नु), बल्ली (अनिल ग्रोवर) र बग्गू (विक्रम कोचर) लालटुका ३ जना २० वर्षका युवा हुन्। उनीहरु राम्रो स्थितीको परिवारका सदस्य हुादैनन्। उनीहरु राम्रो आर्थिक अवसरको खोजिमा लन्डन जान चाहान्छन्। तर उनीहरुका लागि भिसा कठिन हुन्छ। हार्डी (शाहरुख खान) उनीहरुको जीवनमा आइपुग्छन्। र उनीहरुलाई लन्डन लैजाने आफ्नो वाचा उनले पुरा गर्छन्। त्यसपछि फिल्मको कथा गैरकानूनीरुपमा लन्डन पुगेकाहरुको जीवनमा आइपर्ने कठिनाइका बारेमा केन्द्रीत हुन्छ।
निर्देशक हिरानीले कलाकारको क्षमताको उपयोग गर्दै फिल्मको परिकल्पना गरेका छन्। उनले इमान्दारिपूर्वक वास्तविक कहानी फिल्म मार्फत भनेका छन। जुन कथा ‘डंकी’ मार्गकको नामले चिनिने अवैध मार्ग हुँदै राम्रो अवसरका लागि विदेशिने युवामा केन्द्रीत छ। फिल्ममा कमेडी र भावनाको मिश्रण छ। फिल्मले एकै समयमा हसाउँछ अनि भावुक पनि बनाउँछ। फिल्मको निर्देशन, सिनेमेटोग्राफी, संगीत, ब्याकग्राउन्ड म्यूजिक र प्रोडक्सन डिजाइन प्रसंशायोग्छ छ।
यद्यपी २ घण्टा ४० मिनेट लामो फिल्मका केही हिस्सा धेरै सुस्त छ। करिब १० देखि १२ मिनेट काँटछाँट भएको भए फिल्मको प्रभाव अझ बढ्ने थियो। केही हास्य दृश्य प्रभावकारी छैनन्। जसले दर्शकलाई हासाउन सक्दैनन्। पटकथालाई थप सुधार्न सकिन्थ्यो। यदी तपाईँ राजकुमारी हिरानीको ठूलो प्रसंशक हुनुहुन्छ भने तपाई थोरै निराश बन्नुहुनेछ। हिरानीका फिल्मका पात्र सँधै यादगार हुने गर्छन्, तर ‘डंकी’का कुनै पनि पात्र यादगर छैनन्। हिरानीले यसअघि बनाएका फिल्मको तुलनामा ‘डंकी’ औसत फिल्म हो।
हार्डीकारुपमा शाहरुखले राम्रो कााम गरेका छन्। उनको कोर्टरुम मनोलग सायद उनको करियरकै राम्रो दृश्य हो। तापसी पन्नूको अभिनय पनि उत्कृष्ट छ। विक्की कौशलको रोल धेरै लामो छैन। तर उनको अभिनय तारिफ योग्य छ। उनले फिल्ममा आफ्नो छाप छाड्न सफल भएका छन्। अनिल ग्रोवर र विक्रम कोचरको अभिनय ठिकठाक छ।


