२०८३ कार्तिक ११ गते मङ्गलबार

बाबुलाई मारेपछि विश्वविद्यालय पुगेर १४ जनाको हत्या, गोलीबारीमा २५ घाइते

 |  बीबीसी
Sanket

बीबीसी

प्राग, पुस ६
gunman
विश्वविद्यालयमा रहेका व्यक्तिहरू गोली चलेपछि भयभित भएर झ्यालबाट निस्किएको अवस्थामा।

प्राग- चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक युवकले १४ जनाको हत्या गरेका छन्। बिहीबार दिउँसो ती युवकले अन्धाधुन्ध गोली चलाउँदा थप २५ जना घाइते बनेका छन्।

राष्ट्रपति पेट्र पावेलले आफ्नो घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन्। उनले निहत्था नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै पीडा व्यक्त गरेका छन्।  घटनामा परी नागरिकले ज्यान गुमाउनु परेको भन्दै चेक रिपब्लिकले शनिबारका लागि राष्ट्रिय शोकको घोषणा पनि गरेको छ।

ती युवाले आफ्नै बाबुलाई पनि गोली हानी हत्या गरेको चेक प्रहरीको आशंका छ। गोलीबारी गर्ने युवा भने मृत फेला परेको प्रहरीको भनाइ छ।

गत हप्ता दुई व्यक्तिको मृत्युको घटनामा पनि उनी जोडिएको हुन सक्ने प्रहरीको आशंका छ।

युरोपेली देशमा पछिल्लो समय भएको यो सबैभन्दा नृशंश गोलीबारी हो। चेक प्रहरीले गोलीबारी गर्ने व्यक्तिको नाम र परिचय भने सार्वजनिक गरेको छैन।

चेक राजधानी प्रागको मध्यभागमा रहेको चार्ल्स विश्वविद्यालयको कला संकाय भवनमा बिहीबार स्थानीय समय अनुसार दिउँसो ३ बजे गोलीबारी सुरु भएको थियो।

बन्दुकधारीले भवनको प्यासेज र कक्षाकोठामा गोली हानेका थिए। जथाभावी गोली चलाउँदा ती व्यक्तिहरूको मृत्य भएको थियो। आतंकित बनेका विश्वविद्यालयका कर्मचारी र विद्यार्थीहरूले गोलीबाट जोगिनका लागि केही व्यक्ति फर्निचरको पछाडिपट्टि लुकेका थिए भने केही व्यक्ति झ्यालबाट निस्किएर हामफालेका थिए।

प्रहरीका अनुसार त्यसरी गोलीवर्षा गर्ने युवक भने सोही विश्वविद्यालयका विद्यार्थी थिए। उनी २४ वर्षका छन्। यसअघि उनको कुनै पनि आपराधिक रेकर्ड नभएको बताइएको छ। यद्यपि प्रहरीले भने उनको साथबाट ‘ठूलो हतियार र गोलाबारुद’ फेला परेको बताएको छ।

गोलीबारी हुनुअघि आत्मघाती आक्रमण नै गर्न सक्ने गरी सन्दिग्ध व्यक्ति प्राग पसेको रिपोर्ट प्रहरीलाई प्राप्त भएको थियो। त्यसको केही समयपछि नै ती युवकका बाबु मृत फेला परेका थिए।

बन्दुकधारी लेक्चर लिन आउन सक्ने आशंकामा प्रहरीले विश्वविद्यालयका थुप्रै भवनलाई खाली गराएको थियो। उनीहरूलाई संकायको मुख्य भवनमा राखिएको थियो।

गोली लागेर घाइते भएका २५ जनामध्ये १० जना गम्भीर छन्। तर प्रहरीतर्फ भने कुनै पनि अधिकारीलाई चोटपटक नलागेको प्रहरीले जनाएको छ।

चेकका प्रधानमन्त्री पेटर फियालाले यो घटनालाई भयानक भन्दै स्तब्ध भएको बताएका छन्।

‘एकातिर यो घटनाको निन्दा गर्न उपयुक्त शब्द भेटाउन पनि गाह्रो छ भने अर्कोतिर क्रिसमसअघिका यी दिनहरूमा हाम्रो सम्पूर्ण समाजले महसुस गरिरहेको पीडा र शोक व्यक्त गर्न पनि गाह्रो छ,’ फियालाको विज्ञप्तिमा उल्लेख छ।

उनले शनिबार शोकको दिन हुने बताउँदै सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाउने र दिउँसो एक मिनेट मौनधारण गरिने बताए।

गोलीबारी भएपछि खेलकुद र सांस्कृतिक कार्यक्रम रद्द गरिएका छन्।

बिहीबार साँझ गोली हानाहान भएको ठाउँमा मानिसहरूले मैनबत्ती बालेर फूलहरू छोड्दै दिवंगतको शान्तिका लागि प्रार्थना गरेका छन्।

ती युवकले गोली चलाउनुको कारण भने अझै स्पष्ट हुन सकेको छैन।

रुसमा भएको यस्तै प्रकृतिको घटना भएको र त्यहीँबाट प्रेरित भएर यो घटना हुन पुगेको सामाजिक सञ्जालबाट पुलिसले सूचना प्राप्त गरेको छ। तर त्यसको विश्वसनीयता पुष्टि नभएको बताइएको छ।

यसअघी डिसेम्बर १५ मा प्रागको बाहिरी भागमा रहेको जंगलमा मृत फेला परेका एक युवक र उनको दुई महिनाकी छोरीको हत्यामा पनि उनै बन्दुकधारीलाई शंका गरिएको छ।

सन् १३४७ मा स्थापित चार्ल्स विश्वविद्यालय चेक गणतन्त्रको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो। यो संस्था युरोपकै पुरानो विश्वविद्यालयमामध्ये एक हो।

बीबीसी

प्रकाशित: २०८० पुस ६ गते शुक्रबार ११:०१
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना