काठमाडौं- शाहरुख खान स्टारर फिल्म ‘डंकी’ले ३० करोड भारतीय रुपैयाँको ओपनिङ गरेको छ। विहिबार रिलिज भएको फिल्मले भारतभरमा पहिलो दिन ३० करोडको नेट कलेक्सन गरेको हो।
बक्स अफिस ट्रयाकर स्याननिल्कका अनुसार ‘डंकी’ले पहिलो दिनमा सबै भाषाबाट यो कलेक्सन गरेको हो। ‘डंकी’ हिन्दी फिल्मको इतिहासमा धेरै ओपनिङ गर्ने सातौं फिल्म बनेको छ। यसअघि ‘जवान’, ‘एनिमल’, ‘पठान’, ‘टाइगर ३’, ‘गदर २’ र आदिपुरुषले ‘डंकी’ले भन्दा धेरै ओपनिङ गरेका थिए।
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुख खान, तापसी पन्नू, बोमन ईरानी, विक्की कौशल लगायतको अभिनय छ।


