काठमाडौं- ‘सलारः पार्ट १-सिजफायर’ एक निडर मान्छेको कथा हो। साल २०१७ हो, जुन सालमा अध्या (श्रुति हसन) करिब ७ वर्ष अमेरिकामा लुकेपछि नक्कली पासपोर्टमा भारत आउँछन्।
आध्या वाराणसीमा बस्ने आफ्नो फैसलाका बारेमा पिता कृण्णकान्तलाई ढाँट्छिन्। यद्यपी कृष्णकान्तका दुश्मनलाई यो कुरा थाहा हुन्छ। उनका दुश्मनले वराणसीको हवाई अड्डा बाहिर आफ्ना मान्छेलाई तैनाथ गर्छन्। उनीहरुले अध्याको अहपरण गर्ने प्रयास गर्छन्। अर्को तिर कृष्णकान्तले बिलाल (माइप गोपी)सँग सहयो माग्छन्।
बिलालले चलाखिपूर्ण तरिकाले अध्यालाई दुश्मनको चंगुलबाट छुटाउँछन्। र, असमको तिनसुकिया लैजान्छन्। त्यहाँ देवा (प्रभास)लाई उनको ख्याल राख्न भन्छन्। प्रभासकी आमा (ईश्वरी राव), जो एक स्कुलकी कडा स्वभावकी हेडमास्टर हुन्छिन्। उनलाई अध्याको ज्यानको खतराबारे कुनै भनक हुँदैन।
प्रभासकी आमाले अध्यालाई आफ्नो स्कुलमा अंग्रेज शिक्षककोरुपमा नियुक्ति गर्छिन्। दुर्भाग्य! अध्यालाई सुरक्षित राख्ने कृष्णकान्तको योजना बारे दुश्मनलाई थाहा हुन्छ। यसबीचमा दुश्मनले तिनसुकिया जान र अध्यालाई आपहरण गर्न मान्छे पठाउँछन्। अपहरणमा परेकी अध्यालाई प्रभासले बचाउँछन्।
त्यसपछि खानसार र वर्धराज (पृथ्वीराज सुकुमारन)को कथा जोडिन्छ। त्यसपछि के हुन्छ? फिल्म हेर्नुपर्ने हुन्छ।
प्रशान्त नीलको कथा विस्तृत र काफी कल्पनाशील छ। उनको कथा निकै विशाल र मनोरञ्जक छ। उनले दर्शकको पैसाको मूल्य दिलाउन केजीएफको टेम्पलेट प्रयोग गरेका छन्। यद्यपी खानसारमा धेरै पात्र छन्। तीनले दर्शकलाई भ्रमित गर्छन्। डा. सुरी, रिया मुखर्जी र मनीषका हिन्दी डायलग सार्फ छ। नीलको निर्देशन प्रसंशनीय छ। उनले फिल्ममा रोचक पात्र र एक आकर्षक तर अराजक दुनियाले भरिदिएका छन्। यो फिल्म ठूलो स्क्रिनको अनुभवका लागि उपर्युक्त छ।
नीलले समानन्तर सिक्वेन्सका माध्ममबाट सिनलाई उत्कृष्ट बनाएका छन्। जसरी उनले दुवै सिक्वेन्सलाई स्विच गरेका छन्, त्यसले दर्शकलाई उन्मादमा डुबाउँछ।
फिल्मको कमजोरीका बारेमा कुरा गर्ने हो भने दर्शकलाई पुरै कथा बुझ्न जटिल हुनेछ। खानसारमा धेरै खेलाडी छन्, उनीहरुको आफ्नै राजनीति पनि छ। ती मध्ये धेरै एक अर्कासँग सम्बन्धित देखिन्छ। त्यो बुझ्न दर्शकलाई समस्या हुन्छ। यद्यपी पुरै युद्धविरामको ट्याकलाई बुझ्न भने गाह्रो पर्दैन। क्लाइमेक्सले दर्शकलाई आश्चर्यमा पार्दैन। फिल्म धिमा गतीमा अघि बढ्छ। यस्तो शैली नीलले ‘केजिएफ च्याप्टर १’मा प्रयोग गरेका थिए।
अभिनयको कुरा गर्ने हो भने प्रभासले अझ राम्रो प्रदर्शन गर्न सक्थे। ‘आदिपुरुष’, ‘राधेश्याम’, ‘साहो’मा भन्दा ‘सलार’मा उनको काम राम्रो छ। उनी एक्सन सिनमा निकै सहज देखिन्छन्। श्रुति हसन कमै मात्रमा देखिन्छिन्, तर उनको अभिनय राम्रो छ। पृथ्वीराज सुकुमारनको एन्ट्री ढिलो हुन्छ, तर उनी फिल्ममा छाउँछन्। ईश्वरी राव पनि फिल्ममा आफ्नो छाप छोड्न सफल छन्। माइप गोपी र कृष्णकान्तको भूमिका निभाउने अभिनेताले पनि राम्रो अभिनय गरेका छन्। जगपति बाबू (राजा मन्नार), श्रिया रेड्डी (राधाराम मान्नार), रामचन्द्र राजु (रुद्र) र टिनु आनन्द (गायकवाड)ले पनि राम्रो काम गरेका छन्।
भुवन गौडाको सिनेमेटोग्राफी अव्वल दर्जाको छ। अनबरिवको एक्सन निकै हिंस्रक र हैरान पार्ने खालको छ। प्राइम फोकसको भिएफएक्स अब्बल छ। उज्वल कुलकर्णीको सम्पादन स्टाइलिस छ। यद्यपी फिल्म केही ठाउँमा भने अनावश्यक तन्काइएको छ। यसलाई काट्न सकिन्थ्यो।
मूलतः ‘सलारः पार्ट १-सिजफायर’ दर्शकलाई मनोरञ्जन प्रदान गर्न सक्षम छ। यद्यपी अध्याधिक हिंसा, अनावश्यकरुपमा जटिल बनेको सेकेन्ड हाफ र ‘डंकी’का कारण यसको बक्स अफिस कलेक्सनलाई केही हदसम्म प्रभावित गर्ने देखिन्छ।
-बलिउड हंगामाबाट


