काठमाडौं- शाहरुख खानको फिल्म ‘डंकी’को व्यापार रिलिजको दोस्रो दिनमा गिरावट आकएको छ। बक्स अफिस ट्रयाकर सैकनिल्कका अनुसार ‘डंकी’ले दोस्रो दिन २० करोड ५० लाख कमाएको छ। योसँगै फिल्मले दुई दिनमा भारतभरमा ४९ करोड ७ लाखको नेट कलेक्सन गरेको छ। ‘डंकी’ले पहिलो दिन विश्वभरबाट ५८ करोडको ग्रस कलेक्सन गरेको थियो।
शाहरुखका यसअघि रिलिज भएका ‘पठान’ र ‘जवान’को दुई दिनको कमाईको तुलनामा ‘डंकी’को कमाई निकै कम हो। ‘पठान’ले भारतमा मात्रै ५७ करोडको ओपनिङ गर्दा ‘जवान’ले ५७ करोडको ओपनिङ गरेको थियो।
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, विक्रम कोचर र अनिल ग्रोवरको मुख्य भूमिका छ।


