नयाँ दिल्ली- सुजन म्युजिक प्रालिको आयोजनामा सम्पन्न ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२३’ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ गायक इन्द्र जिसी सम्मानित भएका छन्।
नयाँ दिल्लीमा सम्पन्न कार्यक्रममा लोक संस्कृती जर्गेना अवार्ड इन्द्रेणीका कृष्ण कँडेललाई दिइएको छ। मौलिक गायक अवार्ड कुमार पुन, अन्तराष्ट्रिय कला सम्मान धुब्र राना मगर, कलाकारिता प्रोत्साहन अवार्ड मञ्जु घिमिरे (मोना), लोक पत्रकारिता सम्मान सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझीलाई प्रदान गरिएको छ। कला पत्रकारिता सम्मान पत्रकार प्रकाश बराईलीलाई प्रदान गरिएको छ।


