काठमाडौं- शाहरुख खान स्टारर फिल्म ‘डंकी’ले २५६ करोड ग्रस कलेक्सन गरेको छ। निर्माण कम्पनी रेड चिलिज इन्टरटेडमेन्टका अनुसार फिल्मले ५ दिनमा विश्वभरबाट २५६ करोड ४० लाखको ग्रस कलेक्सन गरेको हो।
बक्स अफिसलाई ट्रयाक गर्ने साइट सैनिल्कका अनुसार यो फिल्मले भारतमा १२९ करोड ९५ लाख बराबरको नेट कलेक्सन गरेको छ।
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, विक्रम कोचर र अनिल ग्रोवरको मुख्य भूमिका छ।
Yeh kahani badi pyaari hai. Tabhi toh… aapka pyaar milna jaari hai. 🫶🏻❤️
Book your tickets right away!https://t.co/DIjTgPqLDI
Watch #Dunki – In Cinemas Now! pic.twitter.com/Yo9UL49rfx
— Red Chillies Entertainment (@RedChilliesEnt) December 26, 2023


