२०८३ कार्तिक १३ गते बिहिबार

पहिलो पारिश्रमिक ७५ रुपया थापेका सलमान २८ सय करोडका मालिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
salman_khan1

काठमाडौं- बलिउड सुपरस्टार सलमान खान आज जन्मदिन मनाइरहेका छन्। सलमान ५८ वर्ष पुगेका छन्। बलिउडमा सलमानको अलग्गै छाप छ। उनलाई बलिउडका ‘गडफादर’ पनि भनिन्छ। आज करोडौंका मालिक सलमानको पहिलो कमाई भने केवल ७५ रुपैयाँ थियो। सलमान बलिउडका ‘मस्ट एलिजिबल ब्याचलर’ मानिन्छन्।

सलमानको जन्म १९६५ डिसेम्बर २७ मा भएको थियो। उनी बलिउडका मसहुर लेखक सलिम खानका छोरा हुन्। सलमानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’बाट अभिनयको दुनियाँमा कदम राखेका थिए। त्यो फिल्ममा उनले सपोर्टिङ रोल निभाएका थिए। तर आज बलिउडमा उनको सिक्का चल्छ। तर धेरैलाई थाहा छैन, सलमानको पहिलो कमाई केवल ७५ रुपैयाँ थियो।

उनले ताज होटलमा नाचेर ७५ रुपैयाँ कमाएका थिए। ताज होटलमा एक शो चलिरहेको थियो। साथीहरुले उनलाई पनि लगेका थिए। सलमानले ब्यागग्राउन्ड डान्सरकारुपमा काम गरेका थिए।

बलिउडमा सलमानले धेरै ट्रेन्ड सेट गरेका छन्। बलिउडमा उनी शानदार फिजिक्स र बडीका लागि प्रख्यात छन्। उनले धेरै बलिउड स्टारलाई फिट रहन प्रेरित समेत गरेका छन्। सर्टलेस भएर फिल्ममा देखिने ट्रन्ड पनि सलमानले नै स्थापित गरेका हुन्। सलमानले सेट गरेका ट्रेन्ट आज पनि उनका समर्थकले फलो गर्ने गरेका छन्।

फिल्म बाहेक उनले पेन्टिङ पनि गर्छन्। उनले बनाएका पेन्टिङ सुपरस्टार आमिर खानले पनि किनेका छन्। सलमान फिल्म लेखक पनि हुन्। ‘बागी’, ‘चन्द्रमुखी’ र ‘वीर’  सलमानले लेखेका फिल्म हुन्।

पहिलो फिल्मबाट लिएका थिए ११ हजार

सलमान ती अभिनेता मध्येका एक हुन्, जसले तीन दशक देखि बलिउडमा राज गरिरहेका छन्। तीन दशकको अवधिमा सलमानले इज्जत र पैसा दुवै कमाएका छन्। सलमानले  पहिलो फिल्म ‘वीवी हो त ऐसी’मा काम गरे वापत ११ हजार फिस लिएका थिए। अहिले उनले एक फिल्मका लागि करोडौंमा फिस लिन्छन्।

विग बोसको एक एपिसोडका लागि सलमानले १२ करोड रुपैयाँ लिने गरेका छन्। सलमानको नेटवर्थ २ हजार ८५० करोड रुपैयाँ बराबरको छ। सलमानले वार्षिक २ सय करोड कमाउने गरेका छन्।  सलमानको ग्यालेक्सी अपार्टमेन्टको मूल्य ११४ करोड रुपैयाँ हो। सलमानको पेनवेलमा रहेको फार्महाउसको मूल्य  ९४ करोड हो।

यादगार १२ फिल्म

सलमानले बलिउडमा जस्तो स्टारडम हासिल गरेका छन्, त्यो कमै कलाकारले हासिल गर्छन्। उनलाई बक्स अफिसका सुल्तान पनि भन्ने गरिन्छ। उनले हार्डकोर रोमान्टिक भूमिका देखि एक्सन हिरोको भूमिका पनि निभाएका छन्। उनका करियरका १२ यादगार फिल्मका बारेमा यहाँ चर्चा गरिएको छ।

‘मैने प्यार किया’ (१९८९)

२४ वर्षका सलमान करियरको दोस्रो फिल्ममा जब प्रेम बनेर पर्दामा आए, तब उनी बलिउडमा छाए। सुरज बडजात्याले निर्देशन गरेको यो प्रेम कहानीमा भाग्यश्री हिरोइन थिइन्। सलमानको इनोसेन्ट अनुहार र चन्चलतापूर्ण स्वभाव दर्शकले खुब मन पराए। यो फिल्म ब्लकबस्टर बनेको थियो।

‘साजन’ (१९९१)

म्यूजिकल रोमान्टिक ड्रामा फिल्ममा एक त्रिकोणात्मक प्रेम कथा थियो। फिल्ममा सलमानसँगै सञ्जय दत्त र माधुरी दिक्षीतको मुख्य भूमिका थियो। यो फिल्मका सबै गीत चार्टबस्टर बनेका थिए। एसपी बालासुब्रमण्यमको आवजमा सलमान माथि फिल्माइएको ‘पहली बार मिले है..’ बोलको गीत लोकप्रिय बनेको थियो। यो फिल्म त्यो वर्षको सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्म बनेको थियो।

‘हम आपके है कौन..!’ (१९९४)

सुरज बडजात्याले निर्देशन गरेको फ्यामेली ड्रामा ‘हम आपके है कौन’मा सलमान फेरी प्रेम बनेर पर्दामा आएका थिए। फिल्मकी हिरोइन थिइन्- माधुरी दीक्षित। यस फिल्मको सफलताले सलमानको स्टारडमलाई थप बलियो बनायो।

‘करण अर्जुन’ (१९९५)

राकेश रोशनले निर्देशन गरेको फिल्म पुनर्जन्मको विषयमा आधारित थियो। यो एक्सन ड्रामामा सलमानले शाहरुख खानसँग स्क्रिन शेयर गरेका थिए। फिल्मका राखी गुलजार, ममता कुलकर्णी र काजोलको मुख्य भूमिका थियो।

‘जुडुजा’ (१९९७)

यो फिल्ममा सलमानले दोहोरो भूमिका निभाएका थिए। एक गरिव तर स्ट्रीट स्मार्ट र अर्को सोझो अमिरको भूमिकामा सलमान देखिएका थिए। डेभिड धवनले निर्देशन गरेको यो फिल्म निकै सफल रह्यो। फिल्ममा करिश्मा कपूर र रम्भाले फिमेल लिड रोल निभाएका थिए।

‘हम दिल दे चुके सनम’ (१९९९)

‘खामोसी-द म्यूजिकल’पछि सलमान खानले फेरी एक पटक सञ्जय लिला भन्सालीको निर्देशनमा काम गरे। यो फिल्ममा ऐश्वर्या राय बच्चन फिमेल लिड रोलमा थिएन। अजय देवगण सहयोगी भूमिका थिए। यो फिल्म बक्स अफिसमा सफल रह्यो। सलमानले यो फिल्ममा उत्कृष्ट पर्फमेन्स दिएका थिए।

‘तेरे नाम’ (२००३)

सतीश कौशिकले निर्देशन गरेको तेरे नाम तामिल फिल्म ‘सेतु’ (१९९९)को रिमेक थियो। यो फिल्ममा जुभि चावला हिरोइन थिइन्। फिल्मको दोस्रो हाफमा सलमानको मनोरोगीवाला भूमिका खुब चर्चामा रह्यो।

‘वान्डेट’ (२००९)

यो फिल्म सलमानको बक्स अफिसमा पुनरागमन गर्ने फिल्मकारुपमा चिनिन्छ। यो भन्दा पहिला सलमानका फिल्म बक्स अफिसमा सफल हुन सकिरहेका थिएनन्। प्रभु देवाले निर्देशन गरेको यो फिल्म मार्फत सलमानले बक्सअफिसमा कमब्याक गरेका थिए। फिल्ममा प्रकाश राज भिलेनको रोलमा थिए भने आयशा टाकिया हिरोइन थिइन्।

‘दबंग’ (२०१०)

यदी पात्रले कुनै कलाकारको व्यक्तित्वलाई परिभाषित गर्छ भन् चुलबुल पाण्डेय सलमानको सिनेमाई प्रतिविम्ब हो। अभिनव कश्यपले निर्देशन गरेको फिल्ममा सलमान पुलिस इन्सपेक्टर चुलबुल पाण्डेयको भूमिकामा देखिएका थिए। सलमानको अपोजिट सोनाक्षी सिन्हाले यही फिल्मबाट डेब्यू गरेकी थिइन्। यो फ्रेन्चाइजीका तीन फिल्म आइसकेका छन्।

‘एक था टाइगर’ (२०१२)

‘दबंग’ जस्तै यो पनि सलमानको करियरको अर्को लोकप्रिय फ्रेन्चाइजी हो। कबिर खानले पहिलो पटक सलमानलाई स्पाई टाइगर बनाएर पेश गरेका थिए। कटरिना कैफ पाकिस्तानी एजेन्टको रोलमा थिइन्। यो फिल्म बक्स अफिसमा सफल बनेको थियो। यो फ्रेन्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’ यसै वर्ष रिलिज भएको थियो।

‘बजरंगी भाइजान’ (२०१५)

‘ट्युबलाइट’, ‘भारत’ र ‘बजरंगी भाइजान’लाई सलमानले आफैं माथि गरेको प्रयोग गरेका फिल्म मानिन्छन्। यी फिल्ममा सलमानले एक्सन भन्दा धेरै भावनात्मक साइड माथि फोकस गरेका थिए। यद्यपी यी तीन फिल्म मध्ये सफलता भने ‘बजरंगी भाइजान’लाई मिलेको थियो। कबिर खानले निर्देशन गरेको फिल्ममा करिना कपूर खान फिमेल लिड रोलमा थिइन्। नवाजुद्दिन सिद्दिकीले सहयोगी भूमिका निभाएका थिए।

‘सुल्तान’ (२०१६)

जुन फिल्ममा सलमानको अभिनयको प्रसंशा भएको छ, त्यो मध्येको एक हो-‘सुल्तान’। अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमानले एक यस्तो पहलमानको भूमिका निभाएका छन्, जो एक अन्तरालपछि फेरी रिङमा फर्कन्छ। अनुष्का शर्मा फिमेल लिड रोलमा थिइन्। रणदीप हुड्डा र अमित साध सहयोगी भूमिकामा थिए।

प्रकाशित: २०८० पुस ११ गते बुधबार ०३:३४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना