काठमाडौँ- चरम भागबन्डा र अनावश्यक राजनीतिले थलिएको त्रिवि सुधारको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।
स्ववियु त्रिवि केन्द्रीय क्याम्पसले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार माग गर्दै प्रदर्शन गरेका हुन्।
त्रिविका कतिपय कोर्सको अध्ययन गर्न लाग्ने समयभन्दा बढी समयमा पनि परीक्षाको नतिजा नहुने गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयको चरम ढिलासुस्तीविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन्।
यद्यपि यस्ता प्रदर्शन पहिलो पटक भएको भने होइन।














