काठमाडौं- बलिउड सुपरस्टार सलमान खान करण जोहरको फिल्म ‘द बुल’ बन्ने पक्का भएको छ। सलमान र करणले २५ वर्षपछि सहकार्य गर्न लागेका हुन्। यो फिल्मलाई नेश्नल अवार्ड विजेता विष्णुवर्धनले निर्देशन गरेका छन्। एक्सन थ्रिलर जनराको फिल्म वास्तविक घटनामा आधारित छ। यो फिल्म मार्फत सलमानले आफ्नो करियरमै पहिलो पटक अर्धसैनिक अधिकारीको भूमिका निभाउनेछन्।
फिल्मको भोली (शुक्रबार) मुम्बईको मेहबूब स्टुडियोमा शुभमुहर्त हुनेछ। ‘विष्णुवर्धनले फिल्मको शुभमुहर्त गरेर वर्षको अन्त्य गर्न चाेका छन्। यो कार्यक्रम भोली बान्द्रामा हुनेछ। सलमानको पहिलो सुपरहिट फिल्म मैन प्यार किया रिलिज भएको भोली ३४ वर्ष पुग्दैछ। त्यही अवसरमा द बुलको शुभमुहुर्त हुन लागेको हो,’ पिंक भिल्लाले लेखेको छ।
यस मुहुर्तमा सलमानसँगै फिल्मको पुरै टिम सहभागि हुनेछ। फिल्मको छायंकन भने फेब्रुअरीबाट सुरु हुनेछ। निर्माण कम्पनीले जनवरीको मध्यबाट सेट निर्माण थाल्नेछ। मेक्सिमम सिटीमा ठूला-ठूला सेट निर्माण गरिनेछ।
फिल्मको आधिकारिक घोषणा र फाइनल नाम भने जनवरी अन्तिम वा फेब्रुअरीमा मात्रै गरिनेछ। फिल्मको अस्थाई नाम ‘द बुल’ राखिएपनि अन्य नाम बारेपनि छलफल भइरहेको बताइएको छ।
यो फिल्म सन् २०२५ को ईदमा रिलिज हुने सम्भावना छ। बुधबार सलमानको जन्मदिनको अवसरमा फिल्मबारे करणले संकेत गर्दै भनेका थिए, ‘यसका साथै २५ वर्षपछि हामीसँग आखिर फेरी उनलाई सुनाउने कहानी हुनेछ। जन्मदिनको शुभकामना दिने बाहेक यसबारेमा केही भन्न सक्दिनँ।’


