२०८३ कार्तिक २३ गते आईतबार

तस्करी गरेर चीन लैजाँदै गरेको २०८ किलो आखेटोपहार बरामद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १३
Pangolins-Salak-ko-Khapata

विराटनगर-  प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट २०८ किलो सालकको खपटा बरामद गरेको छ। चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको आखेटोपहार बरामद गरेको हो।

खपटा लैजादै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन्।

प्रहरीले खपटा बरामद गरेको स्थानबाट चीनसँगको सीमा नाका किमाथाङ्का करिब १५ किलोमिटर टाढा छ। सडक नभएका कारण सो दुरी पार गर्न एक दिन पैदल हिड्नुपर्छ।

कोरोना महामारीपछि किमाथाङ्का नाका बन्द छ। नाका बन्द भए पनि तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए।

बुधबार बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो। बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो। त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो। भोटेको बयानका आधारमा बिहीबार नै डेमा थिकेपालाई पनि पक्राउ गरेको थियो।

पक्राउ परेका भोटे व्यवस्थापकीय भूमिका खेल्ने कारोबारी भएको प्रहरीले बताएको छ। प्रहरीसँगको वयानमा उनले विभिन्न स्थानबाट संकलन गरी चीन लैजान खोजेको बताएका थिए।

चीनमा गहना बनाउन सालकको खपटा प्रयोग हुन्छ। नेपालमा सालक अति संकटपन्न सूचीमा छ।

प्रकाशित: २०८० पुस १३ गते शुक्रबार ०७:०२
प्रतिक्रिया

थप समाचार

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना