काठमाडाैँ- संसारको एक मात्र शासनमा रहेकी डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्याग गरेकी छन्। उनले नयाँ वर्षको अवसरमा टेलिभिजनमा सम्बोधन गर्दै राजगद्दी त्यागेको घोषणा गरेकी अन्तराष्ट्रिय संचार माध्यायमले जनाएका छन्।
८३ वर्षीया मार्गरेट ले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन्। त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ। ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् ।
उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन्। सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचारपछि यो निर्णय गरेको खुलासा गरिन्। प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन्।


