काठमाडौं- शक्तिशाली भूकम्प गएपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो। सुनामीको चेतावनी पछि इशिकावा बासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
जापानको मौसम विभागले यच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने चेतावनी दिएको छ । निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान गरिएको छ । यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ।


