दाङ- दाङमा बसको ठक्करबाट विद्यालयबाट घर फर्कने क्रममा रहेका एक जना विद्यार्थीको मृत्यु भएको छ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो।
तुलसीपुर–१८ स्थित जनकल्याण माद्यामिक विद्यालयबाट उनी घर फर्किरहका थिए। बालक चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको थियो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लका अनुासर बसको ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


