काठमाडौँ- मेलम्ची खानेपानी उपत्यका बासीलाइ वितरण नगरेको भन्दै पाटन दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ।
कृत्रिम रूपमा पानी हाहाकार सृजना गरेकाले आफूहरूले विरोध प्रदर्शन गर्न परेको उनीहरूको भनाइ छ। काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिको अगुवाइमा पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन भएको हो।
मेलम्चीको पानी तुरुन्त खोल्न माग गर्दै नाराबाजी सहित उनीहरूले विरोध प्रदर्शन गरेका थिए।
सङ्घर्ष समितिले पौष २० गते ललितपुरमा र्याली निकाल्ने पनि बताएको छ।


