काठमाडौं- सन् २०२३ मा शाहरुख खानका दुई एक्सन फिल्मले जबरदस्त प्रदर्शन गरे। ‘पठान’ र ‘जवान’को सफलतापछि फेरी पनि दर्शकले शाहरुखलाई एक्सन अवतारमा हेर्न चाहेका छन्। तर अहिले शाहरुख र करण जोहर आगामी प्रोजेक्टको खाका तयार गर्ने कोशीसमा छन्।
‘शाहरुख र करण फेरी एकसाथ काम गर्दैछन्। शाहरुखको आगामी प्रोजेक्ट करणसँग हुने सम्भावना छ। करणले शाहरुखलाई लिएर एक्सन फिल्म बनाउन चाहेका छन्,’ बलिउड हंगामाले स्रोतलाई उदृत गर्दै लेखेको छ, ‘करणले यसअघि कुनैपनि एक्सन फिल्म निर्देशन गरेका छैनन्। तर शाहरुखका दुई एक्सन फिल्म ब्लकबस्टर बनेपछि करण पनि एक्सन फिल्म बनाउन उत्सुक छन्।’
करणले यसअघि शाहरुखसँग ‘कभी खुसी कभी गम’, ‘माई नेम इज खान’, ‘कभी अलिवदा ना कहना’, ‘कुछ कुछ होता हे’ जस्ता फिल्म निर्माण गरेका छन्।


