काठमाडौँ- बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको रणवीर कपुर अभिनित चलचित्र ‘एनिमल’को दोस्रो भाग आउने भएको छ। दोस्रो भाग आउने मात्र होइन् दोस्रो भागमा बबी देओललाई पुनर्जीवित गराएर फक शैलीमा आउने भएको छ।
भारतीय सञ्चार माध्यायमका अनुसार ‘एनिमल’ को दोस्रो भागमा बबी देओल फेरि दोहोरिने भएका हुन्। एनिमलमा रणवीर कपुरपछि बबी देओललाई दर्शकले अत्यधिक रुचाएपछि उनको क्यारेक्टरलाई पुनर्जीवित गराउने सोच निर्माण टीमले गरेको जनाएको छ।
‘एनिमल’मा बबीको पात्रको हत्या भएको देखाइएको छ। तर, ‘एनिमल पार्क’मा उनको रोललाई पुनजीर्वित तुल्याउने निर्माताको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।


