२०८३ कार्तिक १३ गते बिहिबार

५० वर्ष लागेका ऋतिकका ५० किस्सा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २५
Hrithik_Roshan

काठमाडौं- बलिउड अभिनेता ऋतिक रोशन ५० वर्ष लागेका छन्। ऋतिक असफलताबाट विचलित नहुने अभिनेतामा चिनिन्छन्। कामप्रतिको उनको लगावबारे बलिउडमा उनको निकै चर्चा हुने गर्छ।

आगामी २५ तारिकमा उनको फिल्म ‘फाइटर’ रिलिज हुँदैछ। उनका आगामी फिल्म ‘वार २’ र ‘क्रिस ४’ हुन्। यसका साथै उनले अन्य प्रोजेक्टका बारेमा पनि छलफल गरिरहेका छन्। यो सामग्री ५० वर्ष पुगेका ऋतिकका ५० किस्साबारे केन्द्रीत छ।

यस्ता छन् किस्सा

१. ऋतिकको जन्म मुम्बईको मालाबार हिलको एलिजावेथ नर्सिङ होममा भएको थियो।

२. ऋतिकको दाहिने हातमा ६ वटा औंला थिए। डाक्टरले अतिरक्त औंला अप्रेसन गरेर काट्न सुझाव दिएका थिए। तर उनका पिता राकेश रोशन र माता पिंकी रोशनले डाक्टरको सुझाव अस्विकार गरेका थिए। किनकि ६ वटा औंला भएका बच्चा दर्लभ र धेरै भाग्यमानी हुने विश्वास गरिन्थ्यो।

३. ऋतिककी आमाका अनुसार नृत्य वा प्रदर्शनको कुरा हुँदा उनी कहिलै शर्माउँदैन थिए। उनी माइकल ज्याक्सन र राजेश खन्नाका डान्स स्टेपलाई ध्यान पूर्वक हेर्थे अनि रिक्रियट गर्थे।

४. उनी उर्दू शायरीका प्रसंशक थिए। उनी गुलजारका रचनाका फ्यान थिए। उनी खाली समयमा आफैं कविता लेख्थे। उनले आफ्ना दुवै छोरा रेहान र रिदान जन्मिएपछि कविता लेखेका थिए। उनले त्यो कविता एक गौरान्वित पिताकारुपमा परिवार र साथीहरुलाई पठाएको गिफ्ट ह्याम्पर्समा संलग्न गरेका थिए। उनले ‘डर से मत डर’ शिर्षकको कविता ऋतिकले एक टेलिभिजन क्याम्पेनका लागि लेखेका थिए।

५. हुर्कने क्रममा उनले सुपरम्यान जस्ता कमिक्स र हार्डी ब्वाइज र रिडर्स डाइजेस्ट जस्ता किताब पढ्न मन पराउँथे।

६. ऋतिक बाल्यकालमा अन्तरिक्ष यात्री बन्ने सपना देख्थे। उनी अन्तरिक्ष, चन्द्रमा, तारा र ग्रहका रहस्य जान्न उत्सुक हुन्थे। उनी जनवारका बारेमा पनि उत्तिकै उत्सुक थिए।

७. ऋतिकले उनले सिडेहम कजेलबाट विकम गरेका थिए।

८. स्कुलमा ऋतिकको मन पर्ने विषय थियो-विज्ञान। उनले सिद्धान्तवाला विषय मन पर्दैन थियो।

९. ऋतिकसँग १९९५ देखि ७/८ जना साथीको एक समूह थियो। जो अक्सर बीएमएक्समा स्टन्ट गर्थै। सडकमा आफ्नो स्टन्ट देखाएर मानिसहरुलाई मनोरञ्जन गराउँथे। उनीहरु अन्डर १५ बीएमएक्स च्याम्पियनशिपका राज्य च्याम्पियन थिए।

१०. ऋतिक बाल्यकालमा मजाक गरिरहन्थे। उनी अक्सर खाट मुनी लुक्ने गर्थे। एक साँझ उनी माता-पिताको बेडरुम छेउको कोठामा झ्यालबाट छिरेर खेल्न थाले।  त्यहीक्रमा उनी थाके अनि निदाए। जब माता-पिता ढिलोगरी घर फर्किए। उनीहरुले ऋतिकलाई खोजे। तर फेला पार्न सकेनन्। सोही कारण उनीहरुलाई लाग्यो-कसलैले अपहरण गर्‍यो। प्रहरीलाई खबर गरे। खोज्ने क्रममा उनी बन्द कोठमा निदाइरहेको अवस्थामा भेटिएका थिए।

११. राकेश रोशनले ‘भगवान दादा’को सेटमा ऋतिक रोशनमा कलाकार देखे। उनले क्यामेराको सामुन्ने ऋतिकको अनुहारको चमक देख्न सक्थे। तब उनलाई लाग्यो ऋतिक एक दिन ठूला अभिनेता बन्नेछन्।

१२. सहायक निर्देशक बन्ने टेक्निक सिकेपछि ऋतिकले पोस्ट प्रोडक्सन पनि सिके। उनले ‘कोयला’ र ‘कहो ना प्यार है’को प्रोमो काटेका थिए। उनले ‘कहोना प्यार है’का लागि अतिरिक्त प्रचार सामग्री माथि पनि काम गरेका थिए।

१३. छुट्टीको समयमा ऋतिक आफ्ना साथीहरुसँग गल्ली क्रिकेट खेल्थे।

१४. उनलाई पत्रकारितामा समेत रुची थियो।

१५. उनले ४८ वर्षको उमेरमा आफ्ना लागि घर किनेका थिए।

१६. जब ऋतिक मुम्बईमा बस्छन्, तब उनी आमासँग समय बिताउँछन्। उनी माता-पिताको घरमा बस्दा सुत्नुभन्दा अघि गफ गर्न आमाको कोठामा जान्छन्। जतिसुकै व्यस्त हुँदा पनि उनले यो काम गर्छन्। यी आमा छोरा अक्सर बालकोनीमा घाम ताप्दै गफ गरिरहेका भेटिन्छन्।

१७. जब पिता राकेशले उनलाई ‘कहो ना प्यार है’को का लागि प्रस्ताव गरे, तब उनी अभिनय करियरको सुरुवात गर्न तयार थिएनन्। उनले पितालाई भनेका थिए, ‘तपाईँले पहिले किन भन्नुभएन। म अहिले तयार छैन। मलाई तयार हुन केही समय लाग्छ।’

१८. ‘कहो ना प्यार है’को सफलतापछि ऋतिक निकै भावुक भएका थिए। उनले आफ्नो सफलतालाई सम्हाल्न सकिरहेका थिएनन्। राकेशले सफलतालाई सकारात्मकरुपमा लिने आत्मविश्वास ऋतिकमा भरिदिएका थिए।

१९. ‘कहो ना प्यार है’को सफलता पछि ऋतिकलाई नेल्सन मन्डेला, प्रिंस चार्ल्स जस्ता हस्तीहरुको कार्यक्रममा निम्ताइएको थियो।

२०. खानपानको विषयमा ऋतिक खुब सौखिन छन्। डाइट गर्नु नपर्दा ऋतिकले एकपटकमा २० वटा बर्गर खान सक्छन्। उनको मनपर्ने खाजा समोसा हो। फिल्म हेर्दा उनले ८ वटा समोसाका ४ वटा प्याक अर्डर गर्छन्। उनी रातमा धेरै खान मन पराउँछन्। चकलेट देखि लिएर बदामको मख्खन, स्याउ, केक, आइक्रिमसम्म उनले एक रातमा ३ हजार क्यालोरी खाने गर्छन्।

२१. ऋतिक हुर्किरहेको समयमा पर्ल नामको एक विरालो र पग्गी नामको एउटा कुकुर थियो। अहिले उनीसँग गोल्डेन रिट्रवर जेन र एन्डी नामका कुकुर छन्।

२२. ठूलो पर्दामा डेब्यू गर्नुअघि उनको दोस्ती घर बाहिर माग्न बस्ने भिखारीसँग भएको थियो। त्यो भिखारीलाई उनले पहिलो पटक सय रुपैयाँ सहयोग गरेका थिए। केही वर्षपछि त्यो मानिसले एउटा दोकान खोल्यो र उसको जीवन पनि स्थापित भयो।

२३. सन् २००० को दशकमा ऋतिक आफ्ना साथीहरुसँग मुम्बई स्थित ताज होटलमा डिनर गर्न गएका थिए। भारतीय क्रिकेट टिम पनि त्यही होटलमा थियो। क्रिकेटरलाई हेर्न मानिसहरु जम्मा भएका थिए। तर ऋतिकलाई देख्ने वित्तिकै भिड ऋतिक तिर झुम्मियो अनि अटोग्राफ माग्नेको घुँइचो लाग्यो।

२४. ऋतिकलाई हरेक खालका बोर्ड गेम मन पर्छ। युवा अवस्थामा उनी लुँडो खुब खेल्थे।

२५. ऋतिकले अडियोलोजी र स्पिच थेरापीका लागि अध्याधुनिक इलेक्ट्रोफिजियोलोजी र इलेक्ट्रोकोस्टिक केन्द्रका लागि नानावती अस्पताललाई २० लाख सहयोग गरेका थिए।  केन्द्रमा बोल्न र सुन्न नसक्ने विरामीको उपचार हुन्छ। ऋतिकलाई  पनि बाल्यकालमा बोल्न समस्या हुन्थ्यो। उनले यो समस्याको उपचार गराएका थिए। सोही कारण उनी स्पिच थेरापीका लागि सर्वसुलभ सहायता केन्द्र बनाउन चाहान्थे।

२६. उनी जतिसक्यो त्यतिधेरै देश घुम्न चाहान्थे। हरेक वर्षको छुट्टीमा उनी दुई वा तीन नयाँ ठाउँमा जान्थे। सन् २०२३ मा उनी जापान घुम्न निस्किएका थिए।

२७. ऋतिकले १२ जना विरामीको उपचारमा सहयोग गरिरहेका छन्।

२८. ऋतिकले २००६ देखि जुहुमा रहेको बच्चाहरुको विशेष स्कुललाई सहयोग गरिरहेका छन्।

२९. ऋतिक विश्वभरका कुनै पनि गीतको नोट्स किबोर्डमा बजाउन जान्दछन्। यो उनको लुकेको प्रतिभा हो।

३०. ऋतिकलाई मेन्डोलिनको धुन निकै मन पर्छ। उनी माउथ आर्गन पनि बनाउन सक्छन्।

३१. ऋतिकलाई एकै समयमा कम्तीमा ४ वटा किताब बढ्ने बानी छ। उनी हरेक दिन प्रत्येक किताबको केही पृष्ठ पढ्छन्।

३२. ऋतिकका मन पर्ने फिल्म ‘शोले’, ‘अंगुर’, ‘लगान’, ‘नमक हलाल’, ‘खामोशी’ र ‘रंग दे बसन्ती’ हुन्।

३३. ऋतिकले ‘कहो ना प्यार है’ भन्दा पहिला विभिन्न नृत्य शैलीबारे शोध गरेका थिए। उनले फराह खानसँग भनेका थिए-लामो समय देखि कुनै पनि अभिनेताले आफ्नो नृत्यमा ‘स्विङ’ गरेका छैनन्। सोही कारण उनले यो फिल्ममा अलि फरक डान्स स्टेप गरेका थिए।

३४. भारतमा उनको मन पर्ने ठाउँ कश्मीर हो। उनी पछिल्लो पटक ‘फाइटर’को सुटिङका लागि कश्मीर पुगेका थिए।

३५. ऋतिकले मिमिक्री पनि गर्छन्। उनको यो प्रतिभाको झलक फिल्म ‘काबिल’मा देख्न सकिन्छ।

३६. ऋतिक सौखिन खेलप्रेमी होइनन्। उनी स्कुलको खेल दिवसमा पनि भाग लिन्थेनन्। एकपटक भने उनले खेल दिवसमा झन्डावाला मार्चपासवाला टिमको नेतृत्व गरेर आफ्नी आमालाई आश्चर्य चकित पारेका थिए।

३७. ऋतिकले पहिलो पटक सय रुपैयाँ पारिश्रमिक पाएका थिए। उनले बाल कलाकारकारुपमा एक गीतमा नाचे वापत उक्त पारिश्रमिक पाएका थिए।

३८. ऋतिक एक प्रमाणित गोताखोर हुन्। उनले ‘कहो ना प्यार है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’का लागि स्कुबा डाइभिङको दृश्यको सुटिङमा उनको कौशल काम लागेको थियो।

३९. ‘फाइटर’का लागि ऋतिकले असमको तेजपुर एयर बेसमा कडा तालिम लिएका थिए। उनी फाइटर जेट उडाउने र ल्यान्ड गर्ने प्रक्रिया सिक्न चाहान्थे।

४०. ऋतिक मोहित चौहानका ठूला फ्यान हुन्।

४१. प्रतिक हुहाडकी कोल्ड मेसलाई ऋतिकले खुब मन पराउँछन्।

४२. ऋतिक राजस्थानी लोक संगीत र पुराना हिन्दी गीत सुन्न मन पराउँछन्।

४३. ऋतिक ‘कहो ना प्यार है’मा आफ्नो पात्रले झै स्पनेिस अन्डा पकाउन सक्छन्। ऋतिकले पकाउन जानेको एकमात्रै खानेकुरा यही मात्रै हो।

४५. ऋतिक एक पञ्जिकृत नेत्र दाता हुन्।

४६. ऋतिकका हजुरबाको पेनवेलमा एक शिव मन्दिर छ। हजुरबाको निधनपछि मन्दिरको हेरचाह ऋतिक र उनको परिवारले गर्दै आएको छ।

४७. ऋतिक दुवै हातले लेख्न सक्छन्।

४७. ऋतिकको घरको प्रदेशद्वारमा गणेशको मुर्ती छ। उनी घरबाट निक्लनु वा प्रवेश गर्नुअघि गणेशजीसँग आशिर्वाद माग्छन्।

४८. ऋतिक चित्र बनाउन मन पराउँछन्।

४९. ऋतिक पिडितहरुलाई  सहयोग गर्न मन पराउँछन्। तर उनी समाजसेवाको प्रचार गर्न मन पराउँदैनन्।

५०. ऋतिक आफ्ना हरेक पात्रका लागि फरक परफ्यूम प्रयोग गर्न मन पराउँछन्।

-पिंकभिल्ला डकटमबाट

प्रकाशित: २०८० पुस २५ गते बुधबार ०४:५३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना