काठमाडौँ– अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बिहीबार फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन्। पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार दुई बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको जनाएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।


