काठमाडौं- नाग अश्विनको आगामी फिल्म ‘कल्की २८९८ एडी’ २०२४ को सबैभन्दा प्रतिक्षित फिल्म मध्येको एक हो। प्रभास र दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्मको तीन वर्ष अघि नै भएको थियो। यो फिल्मले स्टारकास्ट र टिजरका कारण निकै चर्चा पनि भमाइरहेको छ। यो फिल्म ९ मे मा रिलिज हुने निश्चित भएको छ। निर्माण पक्षले फिल्मको रिलिज डेट तय गरेको हो।
‘यो कहानी ६ हजार वर्षअघि समाप्त भयो। ९ मे २०२४ मा भविष्य समान्नु देखिनेछ,’ निर्माणपक्षले भनेको छ। फिल्ममा प्रभास र दीपिकासँगै कमल हसन, दीपिका पादुकोण, दिशा पटानी लगायतको मुख्य भूमिका छ। फिल्मको टिजर २०२३ मै आइसकेको छ।


