काठमाडौँ- गायन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-५ मा विनोद राई विजेता बनेका छन्।
शुक्रबार राती ललितपुरको गोदावारीमा भएको फाइनलमा राई विजयी घोषित भएका हुन्।
राई टिम मिलन (मिलन नेवार)का प्रतिस्पर्धी थिए। विजेता राईले २० लाख नगद पुरस्कारका साथै अन्य थुप्रै पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा फर्स्ट रनर अप मकरबहादुर योञ्जन बने।
यस्तै कुमारप्रयास राई सेकेन्ड रनर अप बने भने नोगेन लिम्बू थर्ड रनर अप घोषित भए।


