२०८३ कार्तिक १५ गते शनिवार

मुख्यमन्त्रीलाई चोयाको डालीमा भाँगो र गुन्द्रुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २
gandaki_cm

बलेवा (बागलुङ)– पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ। स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो।

गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिक पनि यहाँको स्थानीय उत्पादनको खरिद गर्न झुम्मिएका थिए।

त्यस महोत्सवको प्रमुख आकर्षण बनेको थियो, सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो र जिल्लाको उत्पादन कालो भटमास। उता राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सवको उद्घाटन गरिरहँदा यता भने मेलाका सहभागी स्थानीय उत्पादन राखिएका ‘स्टल’ मा झुम्मिएका देखिन्थे।

यस्तै भएको छ सोमबारबाट सुरु भएको तेस्रो जैमिनी महोत्सवमा पनि। जिल्लाको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेराबजारमा सहारा क्लब कुश्मीशेराले आयोजना गरेको महोत्सवमा पनि यहाँका स्थानीय एवं महोत्सव हेर्न र किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिकको आँखामा स्थानीय उत्पादन नै परेको छ।

यही मेसोमा महोत्सवको उद्घाटनका लागि आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि आयोजकले यही कोसेली दिएका छन्। महोत्सवको उद्घाटन कार्यक्रम सकिएपछि अतिथिहरुलाई मायाको चिनो दिने त यहाँको प्रचलन नै हो। सोही बमोजिम मुख्यमन्त्री पाण्डेलाई पनि आयोजकले एक डाली चिनो दिएका थिए।

जैमिनीका किसान आफैँले उत्पादन गरेका यी खाद्यवस्तु मुख्यमन्त्रीले मायाको चिनोका रुपमा मात्रै ग्रहण गरेनन्, यी उत्पादन बढाउने र बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

डाली थियो स्थानीय बाँसको चोयाले बुनेको र त्यसमा राखिएको कोसेली थियो, भाँगो, भटमास, बाँकोको गुन्द्रुक, सिस्नोको धुलो र आलुको चिप्स। जब उहाँलाई उपलब्ध गराइएको सो चिनोको जानकारी उद्घोषकले गराए, त्यसपछि मेलाका सहभागी र स्थानीयले बरर ताली बजाए। उनीहरु भन्दै थिए, ‘मुख्यमन्त्रीज्यू, यो मायाको चिनो हाम्रा स्थानीय उत्पादन हुन्। यहाँले हाम्रा यी उत्पादनलाई गण्डकी प्रदेशमा मात्र होइन देशव्यापी रुपमा चिनाउनुपर्छ र यिनको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ।’

स्थानीय उत्पादनका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने, प्रचार गर्ने र ध्यानाकर्षण गराउने काम आयोजकले एकैपटक गरे। जैमिनीका किसान आफैँले उत्पादन गरेका यी खाद्यवस्तु मुख्यमन्त्रीले मायाको चिनोका रुपमा मात्रै ग्रहण गरेनन्, यी उत्पादन बढाउने र बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मायाको चिनो प्रदान गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘यो कोसेलीमार्फत मुख्यमन्त्रीलाई हाम्रो उत्पादनको चिनारी दिएका हौँ। यसले हाम्रा उत्पादनप्रति उहाँको रुचि जागोस् भन्ने हाम्रो उद्देश्य हो। नीति बनाउँदा, बजेट बनाउँदा हाम्रा उत्पादनले उहाँलाई झक्झकाउँछन् भन्ने हामीलाई विश्वास छ। यो हाम्रा उत्पादनको प्रचार गर्ने नयाँ शैली पनि हो र मायाको चिनो दिँदा काम लाग्ने चीज दिउँ भन्ने सन्देश पनि हो।’

डाली हातमा लिएपछि मुख्यमन्त्रीको हाउभाउ हेर्दा लाग्थ्यो–मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने उनले ठानेका थिए। ‘मुख्यमन्त्रीजी हामीले यहाँलाई हाम्रै उत्पादन उपहार दिएका छौँ’, कार्यक्रम उद्घोषण गरिरहेका स्थानीय शिक्षक नवीनप्रताप जिसीले भने, ‘हाम्रा किसान दाजुभाइको मेहनत मुख्यमन्त्रीलाई दिन पाउनु हाम्रो गौरवको कुरा हो, यो चिनोका अनेक सन्देश छन्। यहाँले बुझिदिनुहोला।’

जैमिनी नगरपालिका–३ दमेकका किसानले तयार गरेको जङ्गली बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, दमेककै भाँगो र पैयुँथन्थापको भटमास तथा दमेककै आलुको चिप्स सो डालीमा राखिएको थियो। स्थानीय मेला महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु र त्यहाँको कला र संस्कृतिको जगेर्ना गर्नु हो। यही उद्देश्य अनुसारको शैली जैमिनी महोत्सवका आयोजकहरुले पनि अपनाएको देखिएको छ।

प्रकाशित: २०८० माघ २ गते मङ्गलबार ०४:१८
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना