तेह्रथुम- तेह्रथुमको लालीगुराँस नगरपालिका-९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
झापाको मेची नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याङलुङ-बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६:३० बजे दुर्घटनामा भएको बताइएको छ।
टिपरमा सवार ३ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा संखुवासभाको मादी नगरपालिका-४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका हुन् ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।


