२०८३ कार्तिक १२ गते बुधबार

१२ वर्षपछि बलिउडमा कमब्याक गर्दै करिस्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौं, फाल्गुण २८
karishma

९० को दशककी हिट अभिनेत्री करिश्मा कपूरले १२ वर्षपछि ‘मर्डर मुबारक’ फिल्म मार्फत कमब्याक गर्दैछिन्। यो फिल्म सन् २०२४ मा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ। करिश्माले भने बलिउडमा आफ्नो ‘कमब्याक’ हुन लागेर भनिएको प्रचार माथि असन्तुष्टी जनाएकी छन्। कमब्याक शब्दप्रति उनले आपत्ति जनाएकी हुन्।

‘मर्डर मुबारक’लाई होमी अदजानियाले निर्देशन गर्न लागेका हुन्। यो फिल्ममा सारा अली खानको समेत अभिनय रहनेछ। ‘मर्डर मुबारक’ भन्दा पहिला करिश्माले सन्  २०१२ मा आएको फिल्म ‘डेन्जरस इश्क’मा अभिनय गरेकी थिइन्। यो फिल्ममा करिश्मासँगै जिमी शेरगिल, दिव्या दत्त र रजनीश दुग्गलले अभिनय गरेका थिए।

करिश्माले लामो समयसम्म फिल्मी दुनियाबाट ब्रेक लिनुको कारणबारे भनेकी छन्, ‘फिल्म क्षेत्रबाट बाहिर रहनु मेरो रोजाइ होइन। मेरा साना बच्चा थिए। म घरमै रहन चाहन्थे। मैले लामो समय धेरै फिल्ममा काम गरे। मैले धेरै वर्षसम्म चार सिफ्टसम्म काम गरेँ। हरेक वर्ष मेरा ८/१० फिल्म रिलिज हुन्थे। ती मध्ये अधिकांश हिट भए।’

फिल्मसँगै उनी इन्डियन आइडल, डान्स इन्डिया लगायतका केही रियालिटी शो मा जज बनिन्। उनले २०२० को वेव सिरिज मेन्टलहुडमा समेत अभिनय गरेकी थिइन्। एजेन्सी

प्रकाशित: २०७९ फाल्गुण २८ गते आईतबार ०४:३७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना