थिम्पु- नेपालीभाषी डी एन ढुंगेल भूटानको परराष्ट्रमन्त्री बनेका छन्।
प्रधानमन्त्री छिरिङ तोब्गेले ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका हुन्।
भूटानको इतिहासमा नेपाली भाषी नागरिकले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो।
भूटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकले तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनले मन्त्रिपरिषद् गठन गरेका हुन्। उनले तीन जना नेपालीभाषीलाई मन्त्री बनाएका छन्।
ढुंगेलसँगै नेपाली भाषी डिम्पल थापा र चन्द्रबहादुर थापा पनि भूटानका मन्त्री बनेका हुन्।
डिम्पल शिक्षामन्त्री र चन्द्रबहादुर पूर्वधार तथा यातायातमन्त्री बनेका हुन्।


