काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको सुपर सिक्स अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ।
बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो।
नेपालले दिएको १७० रनको लक्ष्य पछ्याएको बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।
बंगलादेशका अरिफुल इस्लामले ५९ रन र जिसन आलमले ५५ रन बनाए।
नेपालका सुबास भण्डारीले ५ विकेट लिएका थिए।
त्यसअघि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो।
नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाए।
बाँकी नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ।


