२०८३ कार्तिक १४ गते शुक्रबार

दोस्रो नेपाल-जापान मैत्री सम्मेलन सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
Mid_valley

काठमाडौँ- दोस्रो नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको छ। जापानको फोर्थ भ्याली कन्सर्ज कर्पोरेसन कम्पनी र नेपालको लीडएक्सको आयोजना तथा मिड-भ्याली इन्टरनेशनल कलेजसँगको सहकार्यमा दोस्रो  नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको हो।

सन् १९५४ देखि जापानले नेपालको सामाजिक, आर्थिक विकासमा मुख्यतया द्विपक्षीय अनुदान क्षण र प्राविधिकसहित शैक्षिक क्षेत्रमा सहयता पुर्‍याउदैँ आइरहेको छ।

जापानले विभिन्न समयमा नेपालका विभिन्न निकायहरू सँग सहकार्य गर्दै नेपालमा पछिल्लो समय लगानीको वातावरण सर्वेक्षणका लागि विभिन्न व्यक्तिहरूसँगको सहकार्यलाई अगाडि बढाँउदै आइरहेको छ।

यसैबीच, जापानको मिनेस्युकु कम्पनीका सञ्चालकहरूले मिड-भ्याली  कलेजसँगको सहकार्यलाई अगाडि बढाउन त्यहाँको शैक्षिक गुणस्तरिय, विद्यार्थी केन्द्रित क्षमता, अवसर तथा सहकार्यका विभिन्न पाटोमा सहकार्यका लागि अग्रसरता देखाउँदै उक्त स्थानहरूको अनुगमन सहित छलफल तथा परामर्श सम्पन्न गरेको हो।

हालसम्म उक्त सहकार्यबाट जापानको मिनेस्युकु कम्पनीले विगतको पाँच वर्षको अवधिमा नेपालको मिड-भ्याली  कलेजका १९ जना विद्यार्थीहरूलाई अवसर प्रदान गरेको बताउँदै इन्टनसिप र रोजगारीको अवसरका क्षेत्रमा क्षमता अभिवृद्धिका लागि होटल म्यानेजमेन्ट सेक्टरका विद्यार्थीहरूलाई अवसर प्रदान गरेको मिड-भ्याली कलेजका म्यानेजिङ डाइरेक्टर रिताल राणाले जानकारी दिए।

विभिन्न क्षेत्रका नेपाली विद्यार्थी १९ जनालाई उक्त कम्पनीले जापानमा इन्टनसिपको अवसर प्रदान गरेको उनले बताए। त्यस्तै, अबका दिनमा आइटी क्षेत्रका विद्यार्थीहरूलाई पनि जापानको आइटी कम्पनीसँगको सहकार्यमा इन्टनसीप तथा रोजगारीको अवसर प्रदान गरिने उनले बताए।

तीन दिनसम्म चलेको कार्यक्रममा विभिन्न जापानका लब्ध प्रतिष्ठित कम्पनीका सिइयोले नेपालको बहुआयामिक क्षेत्रसँगसँगै कलेजसँगको सहकार्यलाई मजबुद बनाउन तथा नेपालको शैक्षिक क्षेत्रको उन्नयनका लागि सहकार्यका लागि रूचि बढाएको कलेजका कार्यक्रम निर्देशक जीवन अधिकारीले बताए।

विभिन्न क्षेत्र सँगैको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा शिक्षक विद्यार्थीहरूको उल्लेख सहभागीता रहेको थियो।

प्रकाशित: २०८० माघ २१ गते आईतबार १२:५९
प्रतिक्रिया

थप समाचार

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना