काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ ले बाँदर नियन्त्रणका लागि निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। फागुन महिनाभर रुख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका हुन्।
बाँदरले बाली खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेपछि नियन्त्रणका निजी जग्गाका रूख काट्न भनिएको कार्कीको भनाइ छ।
गत माघ १५ गते पोखरा महानगरपालिका-१९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।
रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए।



