काठमाडौँ- वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गर्दै बैंकहरूले ब्याजदर कम गरेका हुन्।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशतबिन्दु घटेको छन्।
माघ महिनामा ८.१६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतमा झरेको छ।
संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७ प्रतिशत बिन्दुले कम भएको छ।
फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ।
माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको सिटिजन्सले फागुनमा अधिकतम ८.२५ प्रतिशत मात्र ब्याज दिने भएको छ।
फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।



