काठमाडौं- अमेरिकाबाट फर्किएका ८० वर्षीय वृद्धको मुम्बई एयरपोर्टमा मृत्यु भएको छ। ती वृद्ध पत्नीसँगै न्यूयोर्कबाट एयर इन्डियाको विमान मार्फत मुम्बई फर्किएका थिए। उनले विमानस्थलमा ह्विलचियर मागेका थिए। तर उनलाई ह्विलचियर दिइएन। सोही कारण ती वृद्धले करिब १.५ किलोमिटर पैदल यात्रा गरेका थिए।
त्यसलगत्तै उनको हर्टअट्याकका कारण मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। समचा अनुसार एयरपोर्टमा ह्विलचियरको अभाव भइरहेको थियो। जबकी ती वृद्धले फ्लाइट बुक गर्दै दुई ह्विलचियर पनि बुक गरेका थिए। तर एयरपोर्टमा उनले एउटा मात्रै ह्विलचियर प्राप्त गरे। त्यो ह्विलचियर उनले पत्नीलाई प्रयोग गर्न दिएका थिए।
एयरपोर्टबाट बाहिर निस्कने बेलामा उनी ढलेका थिए। त्यसपछि उनलाई मुम्बई एयरपोर्ट मेडिकल फ्यासेलिटीमा प्राथमिक उपचार गराएर नानावती हस्पिटल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
After walking approximately 1.5 kilometers due to a lack of wheelchair assistance, an 80-year-old man tragically passed away from a heart attack.
He and his wife, both in their 80s, had traveled from New York to Mumbai onboard Air India flight AI116. Both of them had been booked… pic.twitter.com/oGriJ6a08w
— JetArena (@ArenaJet) February 16, 2024


