काठमाडौँ– कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहार मुद्दा परेको छ।
काठमाडौँ जिल्ला अदालतमा एक महिलाले कँडेलविरुद्ध मुद्दा दायर गरेकी हुन्।
कँडेलले दशकयता इन्द्रेणी युट्युब च्यालनमा लाइभ/ननलाइभ लोक दोहोरी कार्यक्रम प्रस्तुत गर्दै आएका छन्।
आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको अदालतले जानकारी दिएको छ।
यसअघि नै दोहो कँडेलले गालीबेइज्जती मुद्दा दर्ता गराएका थिए।
यसअघि एक महिलाले कँडेलले यौन दुर्व्यवहार गरेको आरोप लगाएको बताएकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।


