काठमाडौँ- काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।
तोकिएको समयभन्दा अगावै फुटपाथ कब्जा गरेको आरोपमा महानगर प्रहरीले फुटपाथ व्यवसायीलाई हटाएउन खोजेपछि झडपको स्थिति सिर्जना भएको हो।
काठमाडौँ महानगरपालिकाले राति ९ बजेपछि फुटपाथमा व्यवसाय गर्न पाइने भनेको छ। तर साँझ ७ बजेपछि नै फुटपाथ कब्जा गरेको भन्दै बुधबार नगरप्रहरीले व्यवसायीलाई लखेटेको थियो।
नगर प्रहरी केही व्यापारीमाथि लाठी हानेपछि व्यवसायीले प्रतिकार गरेका थिए। केही व्यापारीलाई महानगरले नियन्त्रणमा समेत लिएको व्यापारीको भनाइ छ।
नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ७ जना प्रहरी घाइते भएका छन्।
प्रहरीमाथि व्यवसायीले प्रतिकार गरेपछि महानगर प्रहरी पछि हटेको थियो।


