काठमाडौँ- आजेदखि मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकलाई घर पठाउने भएको छ। मार्च १ देखि लागुहुने गरी सुरु भएको े घर फिर्ता गराउने कार्यक्रम २०२५ सम्म रहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।
माइग्रेसन प्रिपरेशन प्रोग्राम अन्तर्गत बढीमा ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागू गरेको हो। उक्त मौकाका फाइदा उठाउन मलेसियास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ।
२०८१ को पुस १६ गतेसम्म बढीमा ५ सय मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फिर्ता हुन सकिने छ। मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा ५ सय मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिङ्गिट जरिवाना तिर्नुपर्ने राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार वैधानिक कागजात नभएता पनि जरिवाना रकम तिरेर सहज रूपमा घर फर्कन पाइने भएको छ। त्यसका लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) को लागि नेपाली राजदूतावासमा आवेदन दिनुपर्नेछ। निवेदन दिने दिनदेखि १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।


