२०८३ कार्तिक १३ गते बिहिबार

नबिल-एनबी मर्जरमा गभर्नरको प्रश्न : स्वीकृति र नामसारीविनै कसरी भयो कर छली?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ५
mahaprasad adhikari (1)
गभर्नर महाप्रसाद अधिकारी।

काठमाडौँ- तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकलाई नबिल बैंकले प्राप्ती गर्दा ५१ करोडभन्दा बढी रकम पुँजीगत लाभकर छली गरेको भन्दै महालेखा परीक्षकको कार्यालयको साठीऔँ प्रतिवेदनले प्रश्न उठाएपछि गभर्नर महाप्रसाद अधिकारीले महालेखालाई प्रतिप्रश्न गरेका छन्। गभर्नर अधिकारीले तत्कालीन एनबी बैंकको मुख्य साझेदार आईएफआईसीले सेयर बिक्री गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै महालेखाको प्रतिवेदनमा प्रश्न उठाएका हुन्। 

महालेखा परीक्षकको ६०औं प्रतिवेदनले नेपाल बंगलादेश बैंक मर्जमा जानु अगाडि नै सेयर खरिदबिक्री हुन राष्ट्र बैंकले रोक्दा बंगाली लगानीकर्ता (आईएफआईसी)ले २ वर्षसम्म लाभकरमा छुट पाएको उल्लेख गरेको छ। यसरी उसलाई दुई वर्ष लाभकर छुट दिँदा राज्यले ५१ करोड ५२ लाख रुपैयाँ पुँजीगत लाभकर गुमाएको भन्दै प्रश्न उठेपछि गभर्नर अधिकारीले आईएफआईसीले सेयर बिक्री नै नगरेको दाबी गरेका हुन्। अहिलेसम्म सेयर बिक्री स्वीकृत पनि नभएको र नामसारी पनि नभएको गभर्नर अधिकारीको दाबी छ।

महालेखाले करछली भएको प्रतिवेदन तयार गर्नु तर गभर्नर अधिकारीले यसबारे आफूलाई जानकारी नभएको बताउनु विरोधाभासपूर्ण देखिएको छ।

‘आईएफआईसीको सेयर बिक्री भएको छैन। सेयर बिक्री नै नभएको अवस्थामा कर छलीको विषय‍ आउने कुरै भएन। सेयर बिक्रीका लागि स्वीकृत र नामसारी नै नभएको अवस्थाका महालेखापरीक्षकको कार्यालयले कसरी त्यस्तो प्रतिवेदन तयार गर्‍यो भन्ने प्रष्ट भएको छैन,’ गभर्नर अधिकारीले नेपाल क्लिक्ससँग भने। महालेखाले प्रतिवेदनमा उल्लेख भएनुसार आईएफआईसीको सेयर बिक्री भइनसकेको र छलीको गरिएको भन्ने विषयमा गभर्नर अधिकारीले आश्चर्य व्यक्त गरे।

महालेखाले करछली भएको प्रतिवेदन तयार गर्नु तर गभर्नर अधिकारीले यसबारे आफूलाई जानकारी नभएको बताउनु विरोधाभासपूर्ण देखिएको छ।

राष्ट्र बैंकले बैंकहरुबीच हुने आपसी व्यापारिक सम्झौतामा हस्तक्षेप र मर्जलाई प्रोत्साहन दिने नीतिका कारण मर्जपछि मात्रै सेयर खरिदबिक्री भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकका कारण आयकर ऐन, २०५८ को दफा ३५ को गम्भीर उल्लघंन भएको र राज्यलाई नोक्सानी पुर्‍याइएको प्रतिवेदनले उल्लेख गरेको छ। 

नबिल-एनबी मर्जरमा ५१ करोड लाभकर छली, शंकाको घेरामा राष्ट्र बैंक र आईएफआईसी

महालेखाका अनुसार आईएफआईसीको सेयर खरिदबिक्री भइसकेको छ। २ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको आईएफआईसीले ६ अर्ब १८ करोडमा सेयर बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ।

उता नबिल बैंकले पनि अहिलेसम्म आईएफआईसीको सेयर बिक्री भइनसकेको दाबी गर्छ। नबिल बैंकले प्रकाशित गरेको सेयर लगतमा आईएफआईसीको १ करोड ७२ लाख कित्ता सेयर कायम रहेको देखिन्छ। उसको नबिल बैंकमा ७.७७ प्रतिशतको हिस्सेदारी देखिन्छ। आईएफआईसीका तर्फबाट एआरएम नाजमुस साकिव नबिल बैंक सञ्चालक समितिमा सदस्य‍ छन्।

महालेखा परीक्षकको कार्यालयले सेयर बिक्री भइसेको ठहर गर्नु, नबिल बैंकले आफ्नो प्रतिवेदनमा बंगाली लगानीकर्ताको सेयर बिक्री भइनसकेको भन्दै आफ्नो ७.७७ प्रतिशतको साझेदार भएको भन्दै एक जना सञ्चालकसमेत राख्नुले थुप्रै शंका उब्जिएका छन्।

एनबीलाई नबिलसँग मर्ज गर्नु अघि नै विनोद चौधरीपत्नी सारिका चौधरीको नाममा सेयर बिक्री गर्ने तयारी आईएफआईसीले गरेको थियो। चौधरीलाई उक्त सेयर बिक्री गर्नबाट बञ्चित गर्न भन्दै जिल्ला अदालत काठमाडौंमा मोतीलाल दुगडले मुद्दा हालेका थिए।

काठमाडौं जिल्ला अदातलले पनि विनोद चौधरीलाई उक्त सेयर बिक्री नगर्न भन्दै तत्कालीन एनबी बैंकलाई आदेश दिएको थियो। उक्त आदेशविरुद्ध बंगाली लगानीकर्ताले जिल्ला अदातल काठमाडौंमा भ्याकेट दर्ता गराएर बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गरेको थियो।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार ०९:५१
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना