काठमाडौँ – दाङमा बिद्युतको चार चुँडिएर करेन्ट लाग्दा ३ जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका ४ वर्षीय नाती कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो।
करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।


