काठमाडौं- आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसीको सन्दर्भ पारेर बैंकर अशोक शेरचनको उत्प्रेरक भावको गीत सार्वजनिक भएको छ। आमालाई सम्बोधन गर्दै संघर्षको गतिमा हारेर पनि उठ्न सकिन्छ भन्ने सकारात्मक सन्देश पैदा गर्ने सो गीतको श्रव्यदृश्य सामग्री बाग्लुङ क्रिएसनको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतकार शेरचनका शब्दहरुलाई गायक दुर्गाकाजी शाक्यले आवाज दिएका छन् भने रचनामा संगीतकार शान्तिराम राईको संगीत रहेको छ।
झट्ट सुन्दा सुगम संरचनामा एरेन्ज भएको सो गीतको निर्देशन सुनील विकले गरेका हुन्। गीतको श्रव्यदृश्य सामग्रीमा भने विवेक खड्का, अमित सुनार र सीता अवस्थीको अभिनय देख्न सकिन्छ।
बाँकी यो म्युजिक भिडियोमा:


