२०८३ कार्तिक ११ गते मङ्गलबार

एउटा फोटोले जन्माएको ‘द रेड सुटकेस’

 |  समर्पण श्री
Sanket

समर्पण श्री

काठमाडौँ, चैत २६
fidel_the_Red_Suitcase (31)

‘यो फोटो तपाईँले खिच्नुभएको हो?’ फोटो पत्रकार निमेषजंग राईको ह्वाट्सएपमा केही महिनाअघि अपरिचित व्यक्तिको म्यासेज आयो। हेरे, तीन वर्षअघि कोरोनाकालमा आफैँले खिचेको फोटो थियो त्यो। त्यतिबेला ‘भाइरल’ भएको त्यो तस्बिर पठाएर आफ्नै साथीभाइले जिस्काइरहेको ठाने र खास चाख नदिइकनै जवाफ फर्काए- ‘हो।’

त्यसपछि उताबाट आएको जवाफले निमेष आश्चर्यचकित बने- ‘म फिडेल देवकोटा। तपाईँलाई ‘धन्यवाद’ भन्न कल गरेको। तपाईंले खिचेको यो फोटो मैले तीन वर्षअघि सामाजिक सञ्जालमा देखेको थिएँ। फोटोले मेरो मनमा गहिरो प्रभाव पार्‍यो। अनि फिल्म बनाएँ– द रेड सुटकेस। र खुसीको कुरा, आज यो फिल्म भेनिस फिल्म फेस्टिभलमा छानिएको छ।’

त्यही दिन नेपाली फिल्म भेनिसमा छानिएको समाचार पढेर निमेष खुसी भएका पनि थिए। तर उक्त फिल्म बन्नुको ‘क्रेडिट’को हिस्सेदारी निर्देशकले आफूलाई पनि बाँड्दा सुरुमा पत्याउनै सकेनन्। ‘हुन त तपाईँले क्रेडिट नदिन पनि सक्नुहुन्थ्यो। तर इमान्दार भएर मेरा लागि दिनुभयो,’ फिडेलसँगको भेटमा निमेषले खुसी साटे।

निमेषले सन् २००७ देखि फोटो पत्रकारिता सुरु गरेका हुन्। यो अवधिमा थुप्रै फोटो खिचे। यसरी क्रेडिट पाएका घटना पनि उनका लागि विरलै छन्। आफूले खिचेको फोटो नै फिल्मको मूख्य स्रोत बनेको अनुभव निमेषका लागि पहिलो हो।

१० माघ २०७७ मा कोरोना महामारी र लकडाउनबाट देश गुज्रिरहेको थियो। त्यो दिन विदेशमा मृत्यु भएका नेपालीहरूको शव सरकारले उद्धार गरेर नेपाल फर्काएको थियो। निमेष फोटो खिच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँ लासका गाडीहरू लस्करै राखिएका थिए। मृतकका आफन्तहरू भावविह्वल थिए। त्यही बेला रातो सुटकेस राखिएको गाडीको पछाडि लेखिएको सायरीमा निमेषको आँखा पर्‍यो, ‘हाँसी खुसी जिन्दगी चल्छ, मेहेनत गरे नेपालमै सुन फल्छ।’

मलेसियाबाट ल्याइएको शव बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतिर गइरहेको रातो सुटकेसहितको पिकअप भ्यान (२०७७ माघ १०)। तस्बिर : निमेषजंग राई/नेपाल लाइभ डटकम

‘यो यति विराधाभास थियो कि दृश्यले मलाई भावुक बनायो। अनि मैले खिचेर अफिसमा फोटो-फिचरका लागि पठाइदिएँ,’ निमेष भन्छन्।

नेपाल लाइभमा प्रकाशित यो फोटोले धेरैको मन बेचैन बनाइदियो। ‘मन खोलेर भन्दा यो फिल्म उहाँकै फोटोको ‘रेड सुटकेस’ हो,’ फिडेल थप्छन्, ‘तपाईँलाई कहिले भनुँला जस्तो भएको थियो। सही समय पनि आयो। यदि क्रेडिट नदिएको भए मेरो मनमा शान्ति हुन्नथ्यो।’

फिडेल जर्मनीमा भिजुअल एन्थ्रोपोलोजी पढाउँछन्। भिजुअल एन्थ्रोपोलोजीमै उनले विद्यावारिधि गरेका छन्।

कोरोनाकालमा पनि फिडेल जर्मनीमै थिए। कोरोनाले आक्रान्त पारिरहेको समय उनी अनौठा कुराहरू सोच्थे, ‘म यहाँ मरेँ भने के हुन्छ? मेरो मन त नेपालमै छ।’

‘जीवनको अनिश्चितताले हानिरहेको क्षण मलाई त्यो फोटोले तानेको थियो,’ उनी सुनाउँछन्। फिडेलले सन् २०१७ देखि एउटा स्क्रिप्टमा काम गरिरहेका थिए। फिल्म बनाउन लगानी जुटाइरहेको समयमा कोरोना फैलिएको थियो।

त्यो प्रोजेक्टलाई थाती राखेर पछि उनले ‘द रेड सुटकेस’ अघि सारे।

फिडेलले फिल्म बनाउन जर्मनीबाट नेपालको विमानस्थल झर्दै गर्दा पनि आफूले कल्पेको फिल्मको दृश्य आँखासामु देखेका थिए। त्यो रातो बाक्साले उनलाई बेचैनी थपिदियो। अनुसन्धानको बेलामा पनि थुप्रै लासहरू रातो बाक्सामा देख्नुपर्‍यो।

ती क्षण फर्केर हेर्दा फिडेललाई लाग्छ, ‘रेड सुटकेसले समकालीन नेपालको इतिहास बोकेको छ।’

फिल्म सुटिङ दौरानका कुनै घटना उनी सम्झिरहन्छन्। सिन्धुलीको एउटा गाउँमा सुटिङको तयारी चलिरहेको थियो। लास लिएर जानका लागि एउटा घर रोज्नुपर्ने थियो। ‘हामीले कुनै पनि सदस्य विदेश नगएको घर खोज्यौँ। अचम्म लाग्दो कुरा, ती सबै घरमा कोही न कोही सदस्य विदेश पलायन थिए,’ उनी सुनाउँछन्।

फिडेल देवकोटा।

‘रेड सुटकेस’को छायांकन १६ दिनमै सकियो। सम्पादनमा डेढ वर्ष लाग्यो।

एउटा फेस्टिभलमा फिल्म हेरेपछि एक जना नेपालीले उनलाई प्रतिक्रिया दिएका थिए, ‘दाइ, तपाईँले भन्नुभएको कथा मेरै गाउँको जस्तो लाग्यो।’ त्यो प्रतिक्रियाले फिडेल भावुक भए। सोचे- मैले कम्तीमा वास्तविकतामा आधारित भएरै फिल्म बनाएछु। ‘मेरो लागि त्यो भन्दा ठूलो उपलब्धि अरु के होला?’ उनी भन्छन्।

प्रतिष्ठित फेस्टिभलमा आफ्नो फिल्म गएपछि फिडेलका लागि नयाँ सिकाइ पनि भएको छ। ‘हामीले उक्लिनुपर्ने डाँडा कति रैछ भन्ने थाहा भयो। हामीसँग के छ र के भन्नुपर्ने रैछ भन्ने पनि थाहा भयो,’ फिडेल भन्छन्। कतिपय दर्शकले आश्चर्य प्रकट गरे, ‘नेपालमा पनि यस्तो खालको फिल्म बन्ने रहेछ!’

‘नेपालमा फिल्म बनाउन भन्दा देखाउन गाह्रो छ,’ केही महिनाअघि फिडेलले भनेका थिए।

विश्वकै प्रतिष्ठित फेस्टिभल मानिने भेनिस फिल्म फेस्टिभलमा छानिएको यही फिल्मलाई नेपालका हलहरूले किनारा लगाएका छन्।

केही दिनअघि मात्र हलिउडको सिनेमा च्यानल होम बक्स अफिस (एचबीओ)ले युरोपका १५ देशमा ओटीटीमार्फत् फिल्म प्रदर्शन गर्ने अधिकार लियो। नेपाली फिल्म क्षेत्रको लागि यो उपलब्धिको विषय हो। तर यही फिल्मले नेपालका क्युएफएक्सहरूमा चाहिँ शो पाउन सकेन। फिल्मका निर्माता रामकृष्ण पोखरेलले यो विभेदविरुद्ध फिल्म क्युएफएक्समार्फत् प्रदर्शन नगर्ने निर्णय गरे।

यद्यपि चैत्र ३० गतेबाट फिल्म प्रदर्शनमा आउनेछ। फिडेल नेपालमा आफ्नो फिल्ममाथिको प्रतिक्रिया पर्खिरहेका छन्।

‘अब दोस्रो फिल्म कहिले?’ शुभचिन्तकले फिडेललाई यो प्रश्न पनि सोधिरहन्छन्। त्यसको योजना पनि फिडेलले बनाइरहेका छन्।

१६ वर्षदेखि मुस्ताङको संस्कृति, जलवायु परिवर्तनले पारेको असरबारे उनी निरन्तर अनुसन्धान गरिरहेका थिए। सन् २००८ देखि हरेक वर्ष फिडेल मुस्ताङ पुग्छन्। अब फिडेलको नयाँ फिल्मको कथावस्तु र लोकेसन पनि मुस्ताङकै हुनेछ। यसका लागि उनी लगानी जुटाइरहेका छन्। ‘द रेड सुटकेस’ निर्माण गर्दा उनका निर्माताले गाडी बेचेका थिए। ‘अब त बेच्नका लागि गाडी पनि छैन क्यारे!’ उनी ठट्यौली पारामा सुनिए।

प्रकाशित: २०८० चैत २६ गते सोमबार ०५:०५
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना