२०८३ कार्तिक ११ गते मङ्गलबार

युक्रेन युद्धमा मारिएका रुसी सेनाको चिहान गन्दै जाँदा…

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, बैशाख ५
russia_war_cemetry

युक्रेनमा युद्धमा मृत्यु हुने रुसी सेनाको संख्या ५० हजार नाघेको बीबीसीले दाबी गरेको छ।

पछिल्लो एक वर्षमा मृत्यु हुने रुसी सेनाको संख्या अघिल्लो वर्षभन्दा झन्डै २५ प्रतिशत बढी भएको बीबीसीको अध्ययनले देखाएको छ।

रुसले लिएको मिट ग्राइन्डर स्ट्राटेजीका कारण पनि मृत्यु हेन रुसी सेनाको संख्या बढेको अनुमान बीबीसीले गरेको छ।

बीबीसीको रुसी सेवा, स्वतन्त्र मिडिया समूह मिडियाजोना र स्वयंसेवकहरूले फेब्रुअरी २०२२ देखि मृत्युको गणना गरिरहेका छन्।

यो अध्ययनले चिहानहरूमा पुगेर मृतक सेनाको गणना गरिरहेको छ। नयाँ चिहानहरूले मृतक सैनिकको संख्या र नाम खुलासा गर्न सहयोग पुगेको अध्ययनले देखाएको छ।

टोलीहरूले आधिकारिक रिपोर्टहरू, पत्रपत्रिकाहरू र सामाजिक सञ्जालहरूबाट खुला-स्रोत जानकारी मार्फत पनि कम्बाइन गरेको अध्ययन समूहको भनाइ छ।

रुस-युक्रेन युद्धमा रुसका तर्फबाट दोस्रो वर्षमा मात्र २७ हाजर ३ सयभन्दा बढी सैनिकहरू मरेका अध्ययनको निष्कर्ष छ। तर रुसले यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। युक्रेन युद्धमा मारिएका सैनिकहरूको संख्या रुसले आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

 

‘मिट ग्राइन्डर’ रणनीतिका कारण ठूलो संख्यामा रुसी सेनाको हाताहाती भएको त भनियो। तर यसको अर्थ चाहिँ के त? युक्रेनी सेनालाई लखेट्न र तिनीहरूका गतिविधि जासुसी गरी पर्दाफास गर्नका लागि भन्दै मस्कोले निरन्तर रूपमा ठूलो संख्यामा सिपाहीहरूलाई जोखिमपूर्ण स्थानमा खटाएको थियो। यसलाई नै ‘मिट ग्राइन्डर’ भनिएको हो।

युक्रेन युद्धमा समग्रमा ५० हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीहितको अध्ययनको निष्कर्ष छ। रुसले दिएको आधिकारिक तथ्यांकभन्दा यो धेरै बढी हो। तर यो भन्दा पनि बढी संख्यामा रूसी पक्षमा हाताहाती भएको हुन सक्ने हाम्रो अध्ययनको भनाइ छ।

हाम्रो विश्लेषणले पूर्वी युक्रेनमा रुसीले कब्जा गरेका क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कमा मरेका मिलिसियालाई समावेश गरेको छैन। यदि तिनीहरू थपिएमा, रूसी पक्षमा मृत्यु हुने संख्या अझ बढी हुनेछ।

युक्रेनले पनि क्षतिका विषयमा एकदमै विरलै मात्र टिप्पणी गर्दछ। फेब्रुअरीमा, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए। तर अमेरिकी गुप्तचरले भने यो भन्दा धेरै ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको संकेत गरेको छ।

मिट ग्राइन्डर रणनीति
बीबीसी र मिडियाजोनाले गरेको अध्ययनले मृतक सैनिकहरूको सूचीले रुसको रणनीतिले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्छ।

जनवरी २०२३ मा मृत्यु हुने रुसी सेनाको संख्या तीव्र रुपमा बढेको थियो। यही समयमा रुसले युक्रेनको डोनेट्स्क क्षेत्रमा ठूलो आक्रमण गरेको थियो।

इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यु)का अनुसार रुसीहरूले भुहलेदार शहरको लागि लड्दा निष्प्रभावी भएको मानवलहर रणनीति अपनाएको थियो।

‘विषम भूक्षेत्र, शक्तिको अभाव र युक्रेनी सेनालाई चकित पार्न असफल भएका कारण रुसले थोरै लाभ र उच्च घाटा खेप्नुपरेको उसको भनाइ छ।

अध्ययनले सन् २०२३ को बसन्तयाममा पनि मृत्यु हुने सैनिकहरूको संख्या बढेको देखिएको छ। यो समयमा बाखमुटमा लडाइँ भएको थियो। यो बेला भाडाका सैनिकको समूह बाग्नरले रूसलाई सहयोग गरेको थियो।

वाग्नरका नेता येभगेनी प्रिगोजिनले त्यसबेला आफ्नो समूहका २२ हजार मानिसको मृत्यु भएको अनुमान गरेका थिए। गत शरद ऋतुमा पूर्वी युक्रेनी सहर अवडिभकालाई रुसले कब्जामा लिएपछि सेनाको मृत्युमा पनि अर्को वृद्धि भएको थियो।

चिहान गन्दै जाँदा
बीबीसी र मिडियाजोनाका स्वयंसेवकहरूले युद्ध सुरु भएदेखि रूसका ७० स्थानका सामूहिक सैन्य चिहानहरू गनिरहेका छन्।

चिहानहरू बढिरहेको स्याटेलाइटबाट खिचिएका तस्बिरहरूले देखाएका छन्। उदाहरणका लागि, मस्कोको दक्षिण-पूर्वमा- रियाजानको बोगोरोडस्कोय कब्रिस्तानमा सन् २०२१ अक्टोबरका तुलनामा सन् २०२३ अप्रिलका तस्बिरहरूले चिहान खण्ड थपिएको देखाएको छ। जमिनमा खिचिएका तस्बिर र भिडियोहरूले यी नयाँ चिहानहरूमध्ये अधिकांश युक्रेनमा मारिएका सैनिक र अफिसरहरूको हुन् भनी बताउँछन्।

युक्रेन युद्धमा मारिएका ५ रुसी सेनामध्ये कम्तीमा पनि दुई जना युक्रेन युद्ध सुरु हुनुअघि सेनासँग कुनै सरोकार नभएका व्यक्तिहरू भएको हाम्रो अध्ययनले देखाएको छ।

आक्रमणको सुरुतिर (सन् २०२२) रूसले युक्रेनमाथि आक्रमण गर्दा रुसले आफ्ना पेशेवर सेनाहरू प्रयोग गरेको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युट (रुसी) का शमूएल क्र्यानी-इभान्स बताउँछन्। तर ती धेरै अनुभवी सिपाहीहरू मरेको वा घाइते भएको अनुमान गर्दै उनी थप्छन्, ‘थोरै प्रशिक्षण वा सैन्य अनुभव कम भएका मानिसहरू जस्तै: स्वयंसेवकहरू, नागरिकहरू र कैदीहरूलाई युद्धमा पठाइएको छ।’

यसरी कम अनुभव र तालिम भएका व्यक्तिहरू पेशेवर सिपाहीहरूले गर्न सक्ने सबै काम गर्न नसक्ने क्र्यानी-इभान्स बताउँछन्।

वाग्नरविरुद्ध रक्षा मन्त्रालय
मिट ग्राइन्डर रणनीति सफल बनाउन भर्तीहरूले महत्त्वपूर्ण भूमिका निभाएका छन्। हाम्रो विश्लेषणले उनीहरूलाई फ्रन्टलाइनमा खटाउँदा छिटो मारिएको हुन सक्ने देखाएको छ।

मस्कोले वाग्नर नेता येभगेनी प्रिगोजिनलाई जुन २०२२ बाट जेलहरूमा भर्ती सुरु गर्न अनुमति दिएको थियो। कैदीहरूबाट लडाकु बनेकाहरूले रूसी सरकारको तर्फबाट निजी सेनाको रूपमा लडेका थिए।

वाग्नरका लडाकुमाथि कठोर अनुशासनका नियम बनाइएको थियो। सिपाहीहरूले आदेश बिनापछि हटे घटनास्थलमै मृत्युदण्ड दिन सकिने नियम बनाएका थिए।

वाग्नर समूहले फेब्रुअरी २०२३ सम्म कैदीहरू भर्ती गरिरहेको थियो। मस्कोसँगको सम्बन्ध खत्तम हुन थालेपछि रुसको रक्षा मन्त्रालयले पनि उनीहरूको सहयोग लिन बन्द गरेको छ।

प्रिगोजिनले गत वर्ष जुनमा रुसको सशस्त्र सेनाविरुद्ध विद्रोह गरेका थिए। उनी मस्कोविरुद्ध नै अघि बढ्न प्रयास गरे। अगस्टमा उनको विमान दुर्घटनामा मृत्यु भयो।

हाम्रो विश्लेषणले वाग्नर समूहबाट गएका ९ हजार जना युद्धमैदानको फ्रन्टलाइनमा मारिएको देखाउँछ। तीमध्ये हजारभन्दा बढी व्यक्तिको त सैन्य सम्झौता सुरु हुने मिति र मारिएको मिति पनि पुष्टि गरिसकेका छौँ। उनीहरू सेनामा भर्ती भएको मितिदेखि औसत रूपमा तीन महिना मात्र जीवित रहेको देखिन्छ। यद्यपि माथिको ग्राफमा हेर्ने हो भने सेनामा भर्ती भएकाहरू औसत रूपमा दुई महिना मात्र बाँचेको देखिन्छ।

वाग्नर समूहबाट आएकाहरूको प्लाटुन नै रुसी रक्षा मन्त्रालयले सिर्जना गरेको छ। जसलाई सामान्यतया स्ट्रोम प्लाटुन भन्ने गरिएको छ। यसमा रहने सबै जेलबाट निस्किएकाहरू नै हुन्। वाग्नरको कैदी एकाइहरुलाई युद्धमा फ्याँकिने सामान्य बलको रूपमा मात्र व्यवहार गरिन्छ। वाग्नर समूहबाट लडेका एक सैनिकले गत वर्ष रोयटर्ससँग ‘स्ट्रम प्लाटुनका सदस्य युद्धका बेला फ्याँकिने केवल मासुका टुक्रा मात्र भएको’ बताएका थिए।

भर्खरै, अवडिभका कब्जा गर्न महिनौं लामो लडाईमा ती लडाकुहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यो सहर आठ हप्ता अघि रसियामा परेको थियो। र बख्मुटपछि पुटिनको लागि सबैभन्दा ठूलो रणनीतिक र प्रतीकात्मक युद्धभूमि विजयको प्रतिनिधित्व पनि गरेको थियो।

कैदी सिधै फ्रन्टलाइनमा
वाग्नरको समूहका लडाकुहरूलाई जेलबाट निस्किएपछि १५ दिन मात्र सैन्य प्रशिक्षण दिइएको बताइएको थियो। तर हाम्रो अध्ययनले त्यसको विपरीत देखाएको छ। वाग्नरका केही लडाकुहरू त रुसी सेनामा भर्ती हुन गरेको सम्झौता गरेको दुई हप्तामा फ्रन्टलाइनमा मारिएका थिए।

बीबीसीले कारागारबाट सिधै सेनामा भर्ती भएका मृतकका परिवारसँग कुरा गरेको छ। यस्तै त्यहाँ गएका सिपाहीका परिवारसँग पनि कुरा गरेको छ। उनीहरूले आफूहरूलाई रक्षा मन्त्रालयले दिएको सैन्य प्रशिक्षण अपर्याप्त भएको बताउने गरेका छन्।

युक्रेन युद्धमा पति गुमाएको एक महिलाका अनुसार उनका पतिसँग रुसी रक्षा मन्त्रालयले गत वर्ष अप्रिल ८ मा जेलमा नै पुगेर रुसी सेनामा भर्ती गराउनका लागि सम्झौता गरेको थियो। त्यसको तीन दिन पछि उनी फ्रन्टलाइनमा लडिरहेका थिए।

तर उनी एकाएक सम्पर्कविहीन भए। तैपनि पतिले फोन गर्नेमा विश्वस्त थिइन्। तर अप्रिल २१ मा उनको मृत्यु भएको खबर सुन्न पर्‍यो।

‘उनीहरूले केही हप्ताको प्रशिक्षण हुनेछ भन्ने कुरामा म पक्का थिएँ। कम्तीमा अप्रिलको अन्त्यसम्म डराउनु पर्ने कुनै कुरा छैन भन्नेमा म विश्वस्त थिए,’ उनले भनिन्।

अर्की एक महिलाको कुरा पनि उस्तै छ। उनका पतिलाई जेलबाट सिधै युद्धभूमिमा पुर्‍याइएको थियो। उनीहरूका छोराको मृत्यु भएपछि उनले आफ्ना पतिसँग सम्पर्क गर्ने उनले प्रयास गरेकी थिइन्। त्यसबेला पो उनले चाल पाइन् पति त युद्धभूमिमा पो रहेछन्।
उनले पति अलेक्ज्याण्डरलाई आफ्नो छोराको मृत्युको बारेमा बताउन सकिनन्। किनभने उनी लड्न पठाइएका थिए। उनले अर्को कैदीबाट आएको फोन कलमार्फत मात्रै आफ्ना पति युद्धभूमिमा पठाइएको थाहा पाएकी थिइन्।

अल्फिया नाम गरेकी महिलाका २५ वर्षीय छोराका जुम्ल्याहा बच्चा छन्। युद्धमैदानमा परिचालन हुनुअघि कहिल्यै पनि उनले हतियार चलाउने तालिम लिएका थिएनन्।

अलेक्जेन्डर युक्रेनमा हुर्केका थिए र त्यहाँ उनको परिवार थियो। अल्फिया भन्छिन् – र उनलाई थाहा थियो कि यो ‘झूट’ हो कि रुसले फासीवादसँग लड्न युक्रेनमा आक्रमण गरेको थियो। ‘जब पहिलो पटक जेलमा आएकाहरूलाई उनीहरूले युद्धभूमिमा पठाए, तिनीहरूले नरकमा पठाए,’ उनी भन्छिन्।

आफ्नो छोराको मृत्यु भएको करिब सात महिनापछि पत्नी अल्फियालाई पनि पति अलेक्ज्याण्डरको हत्या भएको जानकारी दिइयो।

‘मर्न तयार हुनुहोस्’
वाग्नरका लागि काम गर्दा कैदीहरुलाई सामान्यतया ६ महिनाका लागि अनुबन्ध गरिएको थियो। यदि त्यो अवधिमा उनीहरू बाँच्न सफल भए जेलबाट रिहा गरिने बाचा उनीहरूलाई दिइएको थियो।

तर, गत सेप्टेम्बरदेखि रक्षा मन्त्रालयले उनीहरूले रिहाइ पाउनका लागि या त मर्नुपर्छ या त रुस-युक्रेन युद्ध समाप्त हुनुपर्छ भनिएको छ।

बीबीसीले हालैका कैदीहरूले आफन्तहरूसँग पोशाक र जुत्ता किन्नका लागि मद्दत मागिरहेको कथाहरू सुनेको छ। त्यहाँ कैदीहरूलाई उचित किट, चिकित्सा आपूर्ति वा आवश्यक हतियार दिइएको छैन।

‘धेरै सिपाहीहरूसँग लडाईको लागि अनुपयुक्त राइफलहरू थिए,’ रूसी युद्ध समर्थक र ब्लगर भ्लादिमिर ग्रुबनिकले आफ्नो टेलिग्राम च्यानलमा लेख्छन्, ‘एक खुट्टा सिपाहीले पहिलो सहायता किट बिना फ्रन्ट लाइनमा के गर्नुपर्छ, खाडलमा खन्न कोदा र भाँचिएको राइफलको साथ यो ठूलो रहस्य हो!’

रुसको कब्जामा रहेको पूर्वी युक्रेनमा रहेको ग्रुबनिकले दाबी गरे, ‘जब कमाण्डरहरूको बन्दुकले काम गर्न छोडे पनि उनीहरूले नयाँ बन्दुक पाउँदैनन्। बन्दुकहरू अरुलाई नै दिइसकिएको हुनाले त्यहाँको सैन्य प्रशासनले पनि केही गर्न सक्दैन।’
पूर्व कैदीहरूले पनि आफ्ना साथीहरूले ठूलो मूल्य चुकाएको उल्लेख गर्छन्।

‘यदि तपाईंले अहिले सेनामा भर्ती हुनु भयो भने मर्न तयार हुनुहोस्, साथी,’ अनलाइनमा प्लेटफर्ममार्फत युद्धरत सैनिक र उनीहरूका आफन्तलाई सर्गेई भन्छन्।

उनी आफू पनि स्ट्रोम प्लाटुनबाट गत अक्टोबरदेखि लड्दै आएको बताउने गरेका छन्।

अर्को फोरमका एक सदस्यका अनुसार पाँच महिना अघि १०० सिपाहीहरूको स्ट्रोर्म प्लाटुनमा सामेल भएका थिए। तर अहिले ३८ जना मात्र जीवित छन्। उनी भन्छन्, ‘हरेक लडाईबाट बाँच्नु भनेको नयाँ जन्म लिएजस्तै हो।’

(बीबीसीमा प्रकाशित यो सामग्री तीर्थराज निरौलाले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०८१ बैशाख ५ गते बुधबार ०६:१२
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना