२०८३ कार्तिक १ गते शनिवार

अदालतलाई रञ्जिताको जवाफ : ‘रेशम पार्टी सदस्य हुन पनि अयोग्य छन्’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ११
ranjita_resham

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान रेशमलाल चौधरी पार्टी सदस्य हुन अयोग्य रहेको बताएकी छिन्।

अदालतबाट नैतिक पतन जनिने कसुरमा सजाय पाइसकेको व्यक्ति रहेको भन्दै रञ्जीताले पार्टीको सदस्य हुनसमेत अयोग्य रहेकाले पार्टी अध्यक्ष भनी गरेको दाबी र कथित महाधिवेशन खारेजभागी रहेको बताएकी छिन्।

निर्वाचन आयोगले रेशम चौधरी अध्यक्ष रहेको विवरण अस्वीकार गर्दै नाउपाको अध्यक्ष रञ्जिता चौधरी नै रहेको निर्णय गरेपछि त्यसविरुद्ध रेशमले सर्वोच्चमा दायर गरेको रिटमाथि जवाफ दिने क्रममा रञ्जिताले रेशमले सजायबाट माफी पाए पनि नैतिक चरित्र पुनःस्थापना नहुने बताएकी हुन्।

‘अपहरणमा परेका अर्थात आत्मसमर्पण गरेको प्रहरीदेखि अवोध बालकलाई हत्या गरेको कार्य नैतिक पतन नभएको अवस्थामा समेत राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ ले दलको सदस्यताको लागि अयोग्य मान्ने कुरा र पार्टी विधानको आधारमा निर्वाचन आयोगले विपक्षी रेशम चौधरी पार्टी सदस्यसमेत हुन अयोग्य रहेको भनी गरेको निर्णयमा कुनै कानूनी त्रुटी नभएको हुँदा विपक्षीको रिट खारेजभागी छ,’ रञ्जिताको तर्फबाट संगीत ढुंगानाले वारेस भई दिएको जवाफमा भनिएको छ।

रञ्जिताको तर्फबाट अदालतमा पेश भएको जवाफमा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको व्यक्तिलाई दलले सदस्य दिन नमिल्ने स्पष्ट व्यवस्था कानूनमा रहेको भन्दै सोहीबमोजिम रेशम चौधरी नाउपाको सदस्य हुन अयोग्य रहेको जिकिर गरिएको छ।

‘टीकापुर हत्याको घटनामा संगठित रुपमा योजना बनाउने र वारदातमा आफैं उपस्थित भई प्रहार गर्न र गराउनमा संलग्न भएको, ज्यानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई विभत्स हत्या गर्न संलग्न रहेको लगायतका विषय निर्विवाद हुन । सो घटनामा रेशम चौधरीको संलग्नताको विषयमा विवाद छैन,’ जवाफमा भनिएको छ।

टीकापुर महाधिवेशनबाट निर्वाचित रेशम चौधरी अध्यक्षताको कार्य समितिलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उनी अदालत गएका थिए। अदालतमा सो मुद्दाको अघिल्लो सुनुवाइ वैशाख १४ गते तोकिएको छ।

रञ्जिताले निर्वाचन आयोगको निर्णय र राजनीतिक दलसम्बन्धी कानूनलाई नै टेकेर रेशम चौधरी पार्टीको सदस्य हुन अयोग्य रहेको जवाफ दिएकी हुन्।

प्रकाशित: २०८१ बैशाख ११ गते मङ्गलबार ०७:२१
प्रतिक्रिया

थप समाचार

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्। पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक...

डा. मुकेश काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् युवा नेता डा. मुकेशराज काफ्ले नेपाली कांग्रेसको कन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनबाट खुल्ला...

कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना