२०८३ कार्तिक ११ गते मङ्गलबार

डायलाइसिस गर्न गण्डकीमा अब पालो कुर्नु पर्दैन

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, बैशाख १३
hemodialysis_machine
हेमोडाइलाइसिस मेसिन। तस्बिर : मेडविस

पोखरा- गण्डकी प्रदेशमा डायलाइसिस सेवाका लागि पालो कुर्न नपर्ने भएको छ। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले डायलाइसिस सेवाको प्रतीक्षा गर्नेको संख्या शुन्यमा झार्ने लक्ष्य पूरा भएको जानकारी दिएको हो।

मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले तथ्यांक प्रस्तुत डाइलाइसिस सेवामा गण्डकी सरकारले फड्को मारेको मुख्यमन्त्री खगराज अधिकारीलाई बुधबार ब्रिफिङ गरेका थिए।

‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतीक्षारत अवस्थामा कोही पनि हुनुहुन्न। डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ,’ उनले भने, ‘लामो समयदेखि प्रतीक्षामा बस्नुपरेको गुनासो आइरहेको थियो। त्यसको सम्बोधन भएको छ। यो मन्त्रालयले गरेको एउटा उपलब्धि हो।’

२०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो। त्यतिबेला ५७६ जना बिरामीहरुले डायलाइसिस सेवा लिइरहँदा ३०३ जना डायलाइसिस सेवाको पर्खाइमा थिए।

अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा मन्त्रिपरिषदले डायलाइसिस सेवा विस्तार गरी प्रतीक्षामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने निर्णय गरेको थियो। यसका लागि २५ शय्या क्षमताको डायलाइसिस केन्द्र स्थापना गर्ने, अस्पतालहरूको क्षमता विस्तार गर्ने लगायतका काम भएकाले अब पर्खाइमा बस्न नपर्ने सचिव डा शर्माले बताए।

उनका अनुसार डायलाइसिसका लागि हाल प्रदेशमा १३६ मेसिन सञ्चालनमा छन्।

अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका विस्तारित ओपीडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङजा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा शर्माको भनाइ छ।

जनशक्तिको अभावमा सुरु हुने नसकेका धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा पनि १२ घण्टा ओपीडी सेवा विस्तार गर्ने प्रक्रियामा मन्त्रालय रहेको उनको भनाइ छ।

मन्त्रालयगत रुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन गरेका थिए। स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाइ थियो।

‘प्राविधिक रुपमा तपाईहरु उच्च मनोबलका कम स्रोतसाधनलाई ध्यान दिँदै काम गर्नुहोस्,’ मुख्यमन्त्री अधिकारीले भने, ‘यहाँहरुले पुर्‍याएको सेवालाई सरकारले कदर गर्छ।’

मुख्यमन्त्री अधिकारीले आफू संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा र पहिलोपटक मुख्यमन्त्री हुँदा सुरु गरेका महत्वपूर्ण कार्यक्रमको उपलब्धि देखिन थालेको भन्दै खुशी व्यक्त गरेका थिए।

के हो डायलाइसिस?
मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मिर्गौलामा भएका विकार सफा गर्ने पद्धतिलाई डायलाइसिस भनिन्छ। मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरुको डाइलाइसिस गरिरहनुपर्ने हुन्छ। मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ।

मिर्गौंलामा फोहोर जमेपछि रक्तचापमा असन्तुलन पैदा हुन्छ। मिर्गौलाको कार्यक्षमतामा ह्रास आउन थालेपछि रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने लगायतका लक्षणहरु देखिन्छन् ।

डायलाइसिस दुई प्रकारको हुन्छ। हेमोडायलाइसिसमा रगतलाई नलीको माध्यमबाट शुद्धीकरण गरेर शरीरमै फिर्ता गरिन्छ। पेरिटोनियल डायलाइसिसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई शुद्धीकरण गरिन्छ।

मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेको अवस्थामा सातामा ३ पटकसम्म डायलाइसिस गर्नु पर्छ।

प्रकाशित: २०८१ बैशाख १३ गते बिहिबार ०९:१२
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना