२०८३ कार्तिक १२ गते बुधबार

प्रजातन्त्र फर्केको त्यो दिन. . .

 |  नारायण न्यौपाने
Sanket

नारायण न्यौपाने

काठमाडौँ, बैशाख ११
jana aandolan 206263

काठमाडौं – तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरेका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रले सो दिन जारी गरेको शाही घोषणामा भनिएको थियो, ‘बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शाीन्त, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दललाई आह्वान गर्दछौँ।’

नेपाली जनताद्वारा लामो सङ्घर्ष र बलिदानमार्फत प्राप्त प्रजातन्त्रलाई बेवास्ता गरी शासनसत्ता सञ्चालन गर्दै आएका राजाले तत्कालीन सात राजनीतिक दलको मार्गचित्रका आधारमा अघि बढ्ने घोषणा गरेको दिनलाई लोकतन्त्र दिवसका रुपमा लिँदै आइएको छ।

मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि वैशाख ११ गते ऐतिहासिक क्षण भएकाले यसको महत्वलाई हेक्का राखी कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रण गर्नुपर्नेमा जोड दिएका छन्।

जनता सार्वभौमसम्पन्नतातर्फ अघि बढ्नेक्रम र सफलताको पहिलो चरणका रुपमा आजको दिनलाई स्मरण गर्दै उहाँहरुले जनता र सबै राजनीतिक दलबीचको एकताबद्ध प्रयासको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सफलतातिर अघि बढिरहेको घटनाका रुपमा सम्झिएको प्रतिक्रिया दिए।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ११ गतेको जगमा प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्ने क्रममा हामीले कहीँकतै कमीकमजोरी त गरिरहेका छैनौँ भन्ने प्रश्न मनमा उठिरहेको प्रतिक्रिया दिए। उनले भने, ‘देशलाई एकताबद्ध बनाउने प्रयासमा संविधानसभाबाट समझदारीको संविधान बनाइयो, जनताको आर्शिवाद लिएर जुनसुकै परिवर्तन गर्न सकिन्छ भन्ने मानक स्थापित गरियो, उपलब्धि कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा कमजोरी देखिएमा सच्याउँदै अघि बढ्छौँ भन्ने प्रतिबद्धता गर्नुपर्छ।’

मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि वैशाख ११ गते ऐतिहासिक क्षण भएकाले यसको महत्वलाई हेक्का राखी कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रण गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरेको दिनलाई ऐतिहासिक र महत्वपूर्ण घटनाका रुपमा लिनुपर्ने धारणा राखे। उनले भने, ‘आन्दोलनका उपलब्धिलाई लोकतन्त्र ल्याउनेले कति सदुपयोग वा दुरुपयोग गरे त्यो आफ्नो ठाउँमा छ, तैपनि आजको दिन मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिका हिसाबले महत्वपूर्ण छ।’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले तत्कालीन राजाले राजनीतिक दलले लोकतन्त्रका लागि राखेको अडानप्रति नतमस्तक हुँदै घोषणा गरेको ऐतिहासिक दिनका रुपमा वैशाख ११ लाई स्मरण गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘त्यो दिनले नेपालको राजनीतिक पाटोलाई इतिहासमै एउटा कोल्टो फेराउने काम गरेको छ, यो ठूलो राजनीतिक उपलब्धिको घटना नै हो भन्ने लाग्छ,  यसबीचका उपलब्धिलाई इतिहासले मूल्याङ्कन गर्ने नै छ।’

नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले मुलुकमा निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि तत्कालीन सात दल र माओवादीबीचको आन्दोलन, जनता र लोकतन्त्रको विजय तथा निरङ्कुशताको पराजयको घटनाका रुपमा आजको दिनलाई स्मरण गरिने प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘गणतन्त्रको घोषणा, अन्तरिम संविधान निर्माण, संविधानसभा निर्वाचन, गणतन्त्रको कार्यान्वयन, संविधान जारी, समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयन गर्ने विषय त्यही आन्दोलन र दिनको उपलब्धि हुन, उपलब्धिलाई थप प्रभावकारी तुल्याउन सबै निष्ठापूर्वक लाग्नुपर्छ।’

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले आजको दिनलाई राजनीतिक प्रतिगमन समाप्त भएको घटनाका रुपमा लिएको प्रतिक्रिया दिए। उनले भने, ‘आजको दिन प्रतिगमन समाप्त भयो, त्यसपछि पनि फेरि प्रतिगमन सुरु भएको छ, प्रतिगमन अन्त्य गर्ने भनेको गरिबी, बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण हो, त्यो हुन सकेन। एउटा समाप्त भए पनि अर्को बाँकी नै रह्यो।’

जनता समाजवादी पार्टी नेपालका नेत्री रञ्जुकुमारी झाले राजनीतिक परिवर्तन र उपलब्धिका दृष्टिले २०६२/६३ को आन्दोलन उत्कर्षका कारण सङ्घीयता, गणतन्त्र र समावेशीका उपलब्धि उपभोग गर्न पाइएको प्रतिक्रिया दिए। उनले भनिन्, ‘संविधानसभाबाट संविधान जारी भएको छ, त्यसपछि भएका अभ्यासलाई जोश र जाँगरले अघि बढाउनुपर्नेमा, त्यसो हुन सकेन, त्यसले अनेक खालका टीकाटिप्पणी भए, नेतामा नैतिकता र सिद्धान्तको अभाव खड्कियो, यसमा सुधार ल्याउनुपर्छ।’

प्रकाशित: २०८० बैशाख ११ गते सोमबार ०५:१८
प्रतिक्रिया

थप समाचार

माइतीघरमा राजावादीको प्रदर्शन, यातायात अस्तव्यस्त [तस्बिरहरू]

काठमाडौँ- राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समूहहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन प्रदर्शन गर्ने...

आन्दोलनमा होमियो नेकपा एस

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। पार्टीका...

१५ सिटको गाडीमा ३४ जना राखेका कारण दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन

सुर्खेत- प्रहरीको लापरबाहीले गर्दा दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ। शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आन्दोलन गरेका हुन्। आन्दोलनकारीले...

मुख्यमन्त्री भेलाले गर्‍यो यस्ता निर्णय, कार्यान्वयन नगरे संघर्ष गर्ने चेतावनी

यसका लागि नियमित छलफलको वातावरण बनाउन उनीहरूले प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन्।

भद्रकालीमा मिटरब्याज पीडितको धर्ना [तस्बिरहरू]

यसअघि पनि उनीहरू काठमाडौँ आएका थिए। तर सरकारले वार्ता गरी समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थियो। तर हालसम्म पनि समस्या समाधान नभएको भन्दै उनीहरू धर्नाका लागि काठमाडौँ आएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना