काठमाडौँ- गाजामा मानवीय संकट निम्त्याएको भन्दै टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध अन्त्य गरेको छ। बीबीसीका अनुसार टर्कीले इजरायलसँग सात अर्ब डलरको व्यापार गर्दै आएको छ।
व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने बताएको छ।
इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गदै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह भनेका छन्। टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजले आरोप लगाएका छन्।
सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश थियो। सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो।


