काठमाडौं- एसीसी प्रिमियर कपको समूह चरणअन्तर्गत बिहीबार नेपालले आफ्नो अन्तिम खेलमा नेपालले कतारको सामना गर्दैछ। दिउँसो साढे ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले कतारको सामना गर्ने लागेको हो।
यसअघि नेपाले १५ वर्षअघि कतारको सामना गरेको थियो। एसियाली क्रिकेट काउन्सिलले आयोजना गरेको एलिट ट्रफीमा नेपाल र कतारले ५० ओभरको खेल खेलेको थियो।
शक्ति गौचन म्यानअफ दि म्याच बनेको उक्त खेलमा नेपालले कतारलाई सात विकेटले हराएको थियो। त्यसपछि नेपालले कतारसँग ५० ओभरको खेलमा भेट गरेको छैन। भने सो ओभरमा नेपाल र कतारको दोस्रो भेट मात्र हो।
टी २० खेलमा भने नेपालले कतारलाई हराउँदै आइरहेको छ। उक्त खेलमा ७६ रन प्रहार गरेका ज्ञानेन्द्र मल्ल मात्र अहिलेको टिममा पनि रहेका छन्। त्यो खेल खेलेका ज्ञानेन्द्र बाहेकका खेलाडी राष्ट्रिय टिममा छैनन्।
त्यसैले आज नेपाल कतारविरुद्धको जितको कथा फेरि लेख्न चहान्छ। नेपालले एसीसी प्रिमियर कपमा लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ। पहिलो खेलमा नै नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो। मलेसियाले दिएको लक्ष्य ८२ बल बाँकी रहँदै नेपालले पूरा गरेको हो।
सो खेलमा मलेसियाले नेपालले २३५ रनको लक्ष्य दिएको थियो। नेपालले भने चार विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको हो। त्यस्तै, अर्को खेलमा नेपालले ओमनलाई ८४ रनले हराएको थियो। ४६ ओभरको तेस्रो बलमा ९ विकेट गुमाएको ओमनका अन्तिम ब्याटर घाइते भएर ब्याटिङ गर्न नआएपछि नेपालले जित निकालेको हो।
त्यो खेल नेपालको लागि कीर्तिमानी खेलसमेत थियो। नेपालले एक दिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक ३०० रन बनाएको थियो। त्यही खेलमा बलर सन्दीप लामिछानेले पनि सय विकेट पूरा गरेका थिए।
कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाको सामना गर्ने तय थियो। यता मुलपानी मैदानमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलसमेत खेल्दै थियो। तर निरन्तर वर्षाको कारण खेल नै हुन सकेन। दुवै टिमले १–१ अंक बाँडे।
यद्यपी उक्त खेलबाट पाँच अंक पुर्याएको नेपालले सेमीफाइनल यात्रा तय गरेको थियो। अब नेपाल आजको खेलमा पनि जित निकालेर अपराजित रहँदै समूह विजेता भएर सेमीफाइनलमा पुग्न चहान्छ।
यता बुधबारको खेलमा युएईले जित निकालेसँगै नेपालले युएईको सामना गर्ने तय भएको छ।


