राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन्। बुधबार भएको राष्ट्रीय सभा बैठकमा शून्य समयमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेकी हुन्।
‘हाम्रो देशको राष्ट्रपतिज्यू करिव १० दिनदेखि भारतमा उपचार गराइरहनुभएको। उहाँ बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। उहालाई के भएको हो? उको उपचार नेपालमा हुन्थ्यो कि हुँदैन थियो? उहाँको अवस्थाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ,’ उनले भनिन्।
उनले वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको तर भिभिआइपीहरु उपचारका लागि विदेश धाइरहेको बताइन्। ‘कुन–कुन रोगको नेपालमा उपचार हुँदैन? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्।


