काठमाडौँ- सहकारी ठगीमा संलग्न भएको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संघीय संसद भवन बाहिर प्रदर्शन गरेको छ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
‘सहकारी ठगलाई कारबाही गर’, ‘गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै?’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै नेविसंघले प्रदर्शन गरेको थियो।
प्रदर्शन गर्ने नेविसंघका एक दर्जन नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोही माग राखेर नेविसंघको मातृपार्टी नेपाली कांग्रेसले संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ।
तर सत्तापक्षका दलहरू भने रवि लामिछानेमाथि छानबिन गर्ने संसदीय समिति बन्न नहुने अडानमा छन्।











