नयाँदिल्ली- भारतीय लोकसभा निर्वाचनको जारी मत गणनामा मध्यप्रदेशको इन्दौर सिटमा ‘नोटा’ले दोस्रो बढी मत पाएको छ।
भारतीय निर्वाचन आयोगले दिउँसो ३:२३ बजेसम्म (नेपाली समयअनुसार)को तथ्यांक अनुसार यो सिटमा भाजपाका शंकर लालवानीपछि ‘नोटा’ले सबैभन्दा बढी मत ल्याएको हो।
यो सिटमा २ लाख ११ हजार ७४२ मतदाताले कुनै पनि उम्मेदवार नचुन्ने विकल्प नोटा(नन अफ द एबोभ) बटन थिचेका छन् भने भाजपाका उम्मेदवार शंकर लालवानीले १२ लाख १३ हजार १४६ मत पाएका हुन्।
बहुजन समाजवादी पार्टीका उम्मेदवार सञ्जय शंकरलालले ५१ हजार ४३ मत प्राप्त गरेका छन्। सञ्जयले पाएको मत नोटाको भन्दा १ लाख ६७ हजार ३१२ कम हो।
इन्दौरबाट कांग्रेस उम्मेदवार अक्षय कान्ति बमले उम्मेदवारी फिर्ता लिएका थिए।
यो निर्णयपछि अक्षय बम भाजपा नेता कैलाश विजयवर्गीयसँग देखिएका थिए। पछि अक्षय भाजपामा प्रवेश गरेका थिए।


