नयाँ दिल्ली- बलिउड अभिनेतृ कंगना रनावत लोकसभा सदस्यमा हुने निश्चित भएको छ।
भारतीय जनता पार्टी (भाजपा)बाट हिमाचलको मण्डी सिटबाट उम्मेदवार बनेकी रनावतले कंग्रेस आईका विक्रमाद्धित्य सिंहलाई हराउने निश्चित भएको भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्।
सिंह हिमाचल प्रदेशका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्।
मण्डीबाट सन् २०१४ र २०१९मा भाजपाले चुनाव जितेको थियो।


