काठमाडौँ- नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ ल्याएको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे २०२३) को अवसरमा टेलिकमले अफर ल्याएको हो।
अफर अन्तर्गत रु. ४९ मा १ दिनका लागि मान्य हुने गरी १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।
कम्पनीले भ्वाइस र डाटा प्याकेज अफरमा समावेश गरेको छ। यो अफर वैशाख १७ देखि प्रारम्भ भई १९ गतेसम्म लागू हुनेछ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैशाख १९ गते मनाइँदै छ।



