काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा वर्षा सुरु भएपछि फेरि खेल रोकिएको छ। एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल दोस्रो पटक अवरुद्ध बनेको हो।
यसअघि पनि खेल रोकिएको थियो। टस जितेर बलिङ रोजेको नेपालले १६ ओभरको खेल सकिएपछि खेल १०:५० बाट पुनः सुरु भएको थियो। तर ११:५० मा फेरि वर्षा सुरु भएपछि खेल रोकिएको हो।
यतिबेला मैदान निलो कभरले ढाकिएको छ। दर्शकहरू छाता ओढेर उभिइरहेका छन्। मैदान परिसरमा सिमसिम पानी परिरहेको छ।
नेपालले २७.३ ओभर बलिङ गरेको अवस्थामा खेल रोकिएको छ। यो अवस्थासम्ममा यूएईले ९ विकेट गुमाएर १०६ रन जोडेको अवस्था छ।


