कमेडी च्याम्पियन सिजन-३ का विजेता सुनिल खड्का बनेका छन्।
शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्।
ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनिन्।
काठमाडौंका २६ वर्षीय खड्का, नवलपरासीकी १२ वर्षीया खनाल र सुनसरीका २९ वर्षीय काफ्ले शीर्ष तीनमा पुगेका थिए।
उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।


